इरानद्वारा इजरायलमा मिसाइल प्रहार

काठमाडौँ । इरानले इजरायली भूमितर्फ मिसाइल प्रहार गरेको छ । इजरायली सेनाले इरानबाट इजरायली भूमितर्फ क्षेप्यास्त्र प्रहार सुरु भएको जनाएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ । इजरायली सेनाले खतराको संकेत स्वरुप साइरन बजेको स्थानका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रहसमेत गरेको छ । साथै, इजरायली सेनाले आफ्नो हवाई सुरक्षा प्रणालीले सक्रियतापूर्वक काम गरिरहेको पनि जनाएको छ । इजरायली स्वास्थ्य अधिकारीहरूका अनुसार आक्रमणमा ९ जना घाइते भएका छन् । घाइते मध्य तीन जनाको अवस्था गम्भीर छ भने ६ जना सामान्य घाइते छन्।
इजरायली सेनाले इरानबाट मिसाइल प्रहार भएपछि देशका ‘धेरै ठाउँमा’ साइरन बजाइएको जनाएको छ । टाइम्स अफ इजरायलका अनुसार सतर्कताको संकेतस्वरुप इजरायलको उत्तर र दक्षिणी भागमा साइरन बजाइएको छ । – एजेन्सी