ट्रम्प झनै शक्तिशाली !

२०८२ असार १४ गते, शनिबार


काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्प महत्त्वपूर्ण कानूनी लडाइँ जितेका छन् । अमेरिकाको सर्वोच्च अदालतले तल्लो तहका अदालतलाई राष्ट्रपति ट्रम्पलाई नीतिगत निर्णयका लागि नरोक्नका लागि निर्णय गरेको छ। अदालतले ६–३ को मतले सो निर्णय भएको हो।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राष्ट्रपति ट्रम्पले खारेज गरेको ‘बर्थराइट सिटिजनसिप’को निर्णय लगायत धेरै निर्णय यसबाट प्रभावित हुने भएका छन्। ट्रम्पले निर्बाध रूपमा काम गर्न पाउने अधिकारलाई अदालतले सुरक्षित गरेको छ ।
ट्रम्पको चर्चित जन्मसिद्ध नागरिकता अन्त्य गर्ने आदेश मात्र होइन, उनका अरू धेरै नीतिहरूलाई समेत कार्यान्वयन गर्ने बाटो खोलेको छ, जुन हालसम्म तल्लो अदालतहरूले अस्थायी रूपमा रोक लगाएका थिए।
सर्वोच्च अदालतको निर्णय अनुसार ट्रम्प प्रशासनले अमेरिकी भूमिमा जन्मिएका सबैलाई स्वतः नागरिकता दिने परम्परा अन्त्य गर्ने कार्यकारी आदेश अब एक महिनापछि कार्यान्वयनमा जान पाउनेछ। यद्यपि यदि कुनै व्यक्तिले मुद्दा हाल्ने कानुनी हैसियत राख्छ भने अदालतले अझै तल्लो अदालतहरूलाई उक्त निर्णयको प्रभाव सीमित गर्न सक्ने छुट दिएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको सबै व्यापार वार्ता तत्कालका लागि अन्त्य गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै क्यानडाले ठूलो प्रविधि कम्पनीहरूलाई लक्षित गरी ल्याएको नयाँ कर नीतिका कारण यस्तो निर्णय लिनुपरेको प्रतिक्रिया दिएका छन्। दुवै मुलुकबीच जुलाईको मध्यसम्म नयाँ व्यापार सम्झौता गर्ने प्रयास भइरहेको बेला ट्रम्पको यो कदम आएको हो ।
गत वर्षदेखि लागू भएको क्यानडाको ३ प्रतिशत डिजिटल सेवा करले दुई देशबीचको सम्बन्धमा तनाव बढाएको छ। उक्त करबाट अमेजन, एप्पल, गुगलजस्ता अमेरिकी कम्पनीहरूलाई वार्षिक २ अर्ब डलरभन्दा बढी घाटा हुने अनुमान गरिएको छ।
ट्रम्पले आगामी सात दिनभित्र क्यानडाबाट आउने सामानहरूमा नयाँ महसुल घोषणा गर्ने बताएका छन् छ। यता, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पत्रकारहरूसँग छोटो कुराकानी गर्दै वार्ता अझै जारी राखिने बताएका छन्। उनका अनुसार क्यानाडाली नागरिकको हितका लागि जटिल वार्ता अगाडि बढाइनेछ।

– एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]