थाइल्याण्डकी प्रधानमन्त्री शिनावात्रा निलम्बित

काठमाडौँ । थाइल्याण्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ । क्याम्बोडियाका पूर्वनेता हुन सेनसँगको फोन वार्ता लिक भएपछि शिनावात्रामाथि राजीनामा दिनुपर्ने दबाव बढेको थियो । उक्त टेलिफोन लिकमा पेटोङटार्न शिनावात्राले थाई सेनाका कमाण्डरलाई हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेकी थिइन् ।
यस घटनापछि थाई राजनीतिक वृत्तमा ठूलो विवाद उत्पन्न भयो । सरकारविरुद्ध अदालतमा निवेदन दर्ता गरियो, जसको आधारमा थाई संवैधानिक अदालतले शिनावात्रालाई अस्थायी रूपमा निलम्बन गर्यो ।
यता दुई साताअघि नै उनका सहयोगीहरूले समर्थन फिर्ता लिएपछि सत्तारूढ गठबन्धन पहिलेदेखि नै अल्पमतमा परिसकेको छ । पेटोङटार्न शिनावात्रा देशका पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राकी छोरी हुन् । उनी फ्यु थाई पार्टीको तर्फबाट प्रधानमन्त्री पदमा पुगेकी थिइन् जुन पार्टी थाक्सिन शिनावात्राले स्थापित गरेका थिए । यो पार्टी परम्परागत रूपमा जनतामा लोकप्रिय भए तापनि थाई सैन्य तथा शाही सत्ताका लागि सधैं शंकाको दृष्टिले हेरिने गरेको छ । यो निलम्बनले थाई राजनीतिलाई फेरि अनिश्चिततातर्फ धकेलेको छ, जसमा सैन्य, शाही सत्ता र जननिर्वाचित सरकारबीचको शक्ति संघर्ष झनै चर्कने देखिएको छ । – एजेन्सी