इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्बन

काठमाडौँ । इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्बन गरेको छ । बुधवार संसद्को खुला सत्रमा इरानी सांसदहरूले सहकार्यलाई निलम्बन गर्ने प्रस्ताव पारित गरेका हुन् । प्रस्तावको पक्षमा २२१ भोट खसेको थियो भने विपक्षमा एउटा पनि भोट थिएन ।
संवैधानिक परिषद्का प्रवक्ता हादी तहन नाजिफले इरानको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र यसको आणविक सुविधाहरू र वैज्ञानिकहरूको सुरक्षा पूर्ण रूपमा ग्यारेण्टी नभएसम्म एजेन्सीसँगको सहकार्य निलम्वन गर्न आह्वान गरेको बताए।
पेजेश्कियानले इरानको आणविक ऊर्जा सङ्गठन, इरानी विदेश मन्त्रालय र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्लाई लेखेको पत्रमा यो आदेश जारी गरेका छन्। इरानी संसदले पारित गरेको र भोलिपल्ट संवैधानिक परिषद्ले अनुमोदन गरेको कानुन संयुक्त राज्य अमेरिका र इजरायलद्वारा इरानको राष्ट्रिय सार्वभौमिकताको उल्लङ्घन र देशको क्षेत्रीय अखण्डता साथै शान्तिपूर्ण आणविक सुविधामाथिको आक्रमणका कारण लागू गरिएको हो।
जुन १३ मा, इजरायलले इरानका आणविक तथा सैन्य स्थलहरूसहित धेरै क्षेत्रहरूमा ठूला हवाई आक्रमण गरेको थियो । जसमा वरिष्ठ कमाण्डर, आणविक वैज्ञानिक र धेरै नागरिकमारिएका थिए । इरानले इजरायलमा धेरै क्षेप्यास्त्र र ड्रोन आक्रमणहरूको जवाफ दिएको थियो । जुन २२ मा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले तीन इरानी आणविक स्थलहरू – फोर्डो, नातान्ज र एस्फहानमा हवाई आक्रमण गरेको बताए। – एजेन्सी