इराकको कुट शहरस्थित सुपरमार्केटमा भिषण आगलागी !

२०८२ श्रावण ३ गते, शुक्रबार


काठमाडौँ । इराकको कुट शहरस्थित एक ठूलो सुपरमार्केटमा भिषण आगलागी हुँदा ६९ जनाको मृत्यु भएको छ । आगलागीमा परी अन्य ११ जना बेपत्ता भएका छन् । शहरका एक स्वास्थ्य अधिकारीले रोयटर्सलाई दिएको जानकारी अनुसार आगलागीमा परी मृत्यु भएका अधिकांशको पहिचान भइसकेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आगलागीमा परी हराइरहेकाको खोजी जारी रहेको छ । आगलागी भएको भवन र मलका मालिकविरुद्ध मुद्दा दर्ता गरिएको छ । यो मल पाँच दिन अघि मात्रै सञ्चालनमा आएको इराकको सरकारी समाचार संस्था आईएनएले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]