थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा झडप, २ जनाको मृत्यु

२०८२ श्रावण ९ गते, बिहीबार


काठमाडौँ । दक्षिणपूर्वी एशियामा थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा झडप भएको छ । पछिल्लो पटक दुई मुलुकबीचको सीमामा गोली चलेपछि थाइल्याण्डले कम्बोडियामा हवाइ आक्रमण गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कम्बोडियाका अधिकारीहरुले चलाएको गोलीले २ नागरिकको मृत्यु भएपछि हवाई आक्रमण गरिएको थाइल्याण्डले जनाएको छ ।
कम्बोडियाले थाइल्याण्डको गाउँमा हवाई आक्रमण गरेको र एक अस्पतालमा आक्रमण गरेको आरोप लगाइएको भने थाइल्याण्डले कम्बोडियन सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको समाचारमा उल्लेख छ ।
थाइल्याण्डले कम्बोडियासँगको आफ्नो सम्पूर्ण सीमा बन्द गरेको छ भने कम्बोडियाले त्यहाँका सबै नागरिकलाई देश छाड्न भनेको छ । थाइल्याण्ड र कम्बोडियाबीच सीमा विवादको लामो इतिहास छ । यद्यपि, सन् २०११ मा भएको झडपपछि दुवै देशबीच सम्बन्ध प्राय स्थिर रहँदै आएको थियो ।
सन् २०२४ मे महिनामा भएको झडपपछि कम्बोडियाले चारवटा विवादित भूमिको निरूपणका लागि हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा जाने प्रस्ताव राखेको थियो । तर थाइल्याण्डले यो मुद्दामा अदालतको क्षेत्राधिकार अस्वीकार गरेको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]