अमेरिकाद्वारा ६ भारतीय कम्पनिमाथी प्रतिबन्ध

काठमाडौँ । अमेरिकाले ६ भारतीय कम्पनिमाथी प्रतिबन्ध लगाएको छ – अमेरिकाले ६ भारतीय कम्पनीलाई इरानसँग पेट्रोलियम पदार्थको व्यापार गरेको भन्दै प्रतिबन्ध लगाएको हो । अमेरिकाले विश्वका २० यस्ता कम्पनीमाथि प्रतिबन्ध लगाएको बताएको छ । उनीहरुले यस्तो व्यवसाय गर्नु भनेको कार्यकारी आदेश १३८४६ अन्तर्गत अमेरिकी प्रतिबन्धको उल्लङ्घन गर्नु हो । इरान सरकारले यस व्यवसायबाट प्राप्त राजस्व मध्यपूर्वमा द्वन्द्व बढाउन प्रयोग गरिरहेको अमेरिकाको दाबी छ।
अमेरिकी विदेश मन्त्रालयले इरानी पेट्रोलियम, पेट्रोलियम उत्पादन वा पेट्रोकेमिकल व्यापारमा संलग्न २० विश्वव्यापी संस्थामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो। ‘इरानी शासनले आफ्नो अस्थिर गतिविधिलाई आर्थिक सहयोग गर्न मध्यपूर्वमा द्वन्द्वलाई उकासिरहेको छ, आज संयुक्त राज्यले राजस्वको प्रवाह रोक्नको लागि कारबाही गरिरहेको छ, जसको शासनले विदेशमा आतंकवादलाई समर्थन गर्न र आफ्नै जनतालाई सताउन प्रयोग गर्दछ,’ बिदेश मन्त्रालयले भन्यो ।