जापानको क्युशु टापुमा बाढी र पहिरो : कयौं मानिस घाइते र बेपत्ता

२०८२ श्रावण २७ गते, सोमबार


काठमाडौँ । जापानको दक्षिणी क्षेत्रको क्युशु टापुमा भारी वर्षाका कारण बाढी र पहिरो गएको छ । बाढी र पहिरोका कारण छुट्टी मनाउन टापुमा आएका धेरै मानिस घाइते र बेपत्ता भएको बताइएको छ । यस क्षेत्रमा उद्धारकर्मीहरूले हराइरहेका मानिसहरूको खोजी गरिरहेको एनएचके उल्लेख गरको छ । जापानमा एक साता अघिदेखि सुरु भएको मुसलधारे वर्षाका कारण दक्षिणी कागोशिमा प्रान्तमा एक व्यक्ति बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन् । यसपछि क्युशुको उत्तरी भागहरूमा थप वर्षा सुरु भयो। जापान मौसम विज्ञान एजेन्सीले सोमबार बिहान कुमामोटोमा चेतावनी जारी गरेको छ । अग्नि तथा प्रकोप व्यवस्थापन एजेन्सीले कुमामोटो र यस क्षेत्रका अन्य छ प्रान्तका हजारौं मानिसहरूलाई सुरक्षित स्थानहरूमा सर्न सल्लाह दिएको छ ।
कुमामोटोमा उद्धारकर्मीहरूले तीन जनाको खोजी गरिरहेको बताएका छन् । तीन जनाको परिवार निकासी केन्द्रमा जाँदै गर्दा पहिरोमा फसेको बताइएको छ । दुई जनालाई जीवितै उद्धार गरिएको छ, तर तेस्रो व्यक्ति अझै बेपत्ता छन् । अन्य दुई जना पनि बेपत्ता छन् ।
कुमामोटो र नजिकैको फुकुओकामा बग्ने नदीमा खसेपछि धेरै अन्य मानिसहरू पनि बेपत्ता भएको रिपोर्ट गरिएको छ । भिडियोमा हिलो पानी बगिरहेको, भाँचिएका रूखहरू र हाँगाहरू तैरिरहेको र मानिसहरू घुँडासम्म बाढीको पानीमा हिँडिरहेको देखाइएको छ । भारी वर्षाले जापानको बिदाको हप्तामा यात्रा गर्ने मानिसहरूलाई पनि असर पारेको छ ।
उत्तरी क्युशुको कागोशिमा र हाकातालाई जोड्ने बुलेट ट्रेनहरू, साथै स्थानीय रेल सेवाहरू सोमबार बिहान निलम्बन गरिएको छ । क्युशु इलेक्ट्रिक पावर कम्पनीका अनुसार कुमामोटोका लगभग ६ हजार घरहरूमा बिजुली गुमेको छ ।
जापानको दक्षिणी क्षेत्रको क्युशु टापुमा भारी वर्षाका कारण बाढी र पहिरो गएको छ । विपत्तिका कारण धेरै मानिसहरू घाइते भएका छन् । छुट्टी मनाउन टापुमा आएका धेरै मानिसहरू बेपत्ता भएको मिडिया रिपोर्टमा बताइएको छ । यस क्षेत्रमा उद्धारकर्मीहरूले हराइरहेका मानिसहरूको खोजी गरिरहेको एनएचके उल्लेख गरको छ ।
जापानमा एक साता अघिदेखि सुरु भएको मुसलधारे वर्षाका कारण दक्षिणी कागोशिमा प्रान्तमा एक व्यक्ति बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन् । यसपछि क्युशुको उत्तरी भागहरूमा थप वर्षा सुरु भयो। जापान मौसम विज्ञान एजेन्सीले सोमबार बिहान कुमामोटोमा चेतावनी जारी गरेको छ । अग्नि तथा प्रकोप व्यवस्थापन एजेन्सीले कुमामोटो र यस क्षेत्रका अन्य छ प्रान्तका हजारौं मानिसहरूलाई सुरक्षित स्थानहरूमा सर्न सल्लाह दिएको छ । कुमामोटोमा उद्धारकर्मीहरूले तीन जनाको खोजी गरिरहेको बताएका छन् । तीन जनाको परिवार निकासी केन्द्रमा जाँदै गर्दा पहिरोमा फसेको बताइएको छ । दुई जनालाई जीवितै उद्धार गरिएको छ, तर तेस्रो व्यक्ति अझै बेपत्ता छन् । अन्य दुई जना पनि बेपत्ता छन् । कुमामोटो र नजिकैको फुकुओकामा बग्ने नदीमा खसेपछि धेरै अन्य मानिसहरू पनि बेपत्ता भएको रिपोर्ट गरिएको छ । भिडियोमा हिलो पानी बगिरहेको, भाँचिएका रूखहरू र हाँगाहरू तैरिरहेको र मानिसहरू घुँडासम्म बाढीको पानीमा हिँडिरहेको देखाइएको छ । भारी वर्षाले जापानको बिदाको हप्तामा यात्रा गर्ने मानिसहरूलाई पनि असर पारेको छ ।
उत्तरी क्युशुको कागोशिमा र हाकातालाई जोड्ने बुलेट ट्रेनहरू, साथै स्थानीय रेल सेवाहरू सोमबार बिहान निलम्बन गरिएको छ । क्युशु इलेक्ट्रिक पावर कम्पनीका अनुसार कुमामोटोका लगभग ६ हजार घरहरूमा बिजुली गुमेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]