एयर क्यानाडाका सयौँ उडान स्थगित

काठमाडौँ । कर्मचारीको हडतालका कारण एयर क्यानाडाका सयौँ उडान स्थगित भएको छ। क्यानडाको सबैभन्दा ठूलो एयरलाइन्स एयर क्यानडाले व्यवस्थापकीय समस्या र कर्मचारी हडतालका कारण उडानहरू स्थगित भएको हो ।
कम्पनीले यात्रुहरूलाई अर्को सूचना नआएसम्म विमानस्थल नजान आग्रह गरेको हो । एयर क्यानडा वा यसको सहायक कम्पनी एयर क्यानडा रुजबाट काटिएका टिकट रद्द भए पनि, तेस्रो पक्षद्वारा सञ्चालन हुने एयर क्यानडा एक्सप्रेस भने प्रभावित नहुने कम्पनीले स्पष्ट पारेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हडताल शनिबारदेखि स्थानीय समय अनुसार मध्यरातमा शुरु भएको हो । सोही कारण सयौँ उडान रद्द भएका छन् भने एक लाखभन्दा धेरै यात्रुहरु प्रभावित भएका छन् । एयर क्यानडाका झन्डै १० हजार उडान कर्मचारी हडतालमा उत्रेको समाचारमा उल्लेख छ । – एजेन्सी