थाक्सिनविरुद्धको देशद्रोहको मुद्दा खारेज

काठमाडौँ । थाइल्याण्डको एक अदालतले पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्रा विरुद्धको शाही अपमान र देशद्रोहको मुद्दा खारेज गरेको छ ।
यो आरोप थाक्सिनले २०१५ मा निर्वासनमा रहँदा दक्षिण कोरियाली अखबारलाई दिएको अन्तर्वार्तासँग सम्बन्धित रहेको बताइएको छ । यस आरोपमा उनी दोषी ठहरिएका भए, उनलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्थ्यो ।
अन्तर्वार्तामा उनले थाईल्याण्डको शीर्ष शाही सल्लाहकार निकाय, प्रिभी काउन्सिललाई २०१४ को सैन्य विद्रोहमा सहयोग गरेको आरोप लगाएका थिए । उक्त विद्रोहले उनकी बहिनी यिंगलक शिनावात्राको सरकारलाई ढलेको थियो ।
थाईल्याण्डको लेसे-मजेस्टे कानूनले राजतन्त्रको आलोचना वा अपमान गर्नुलाई अपराध मानिन्छ । तर आलोचकहरू यी कानुन प्रायः कार्यकर्ता र राजनीतिक विरोधीहरूलाई लक्षित गर्न प्रयोग गरिने गरेको बताइएको छ । यो निर्णय त्यस्तो समयमा आएको हो जब थाक्सिनकी छोरी र निलम्बित प्रधानमन्त्री पाटोङटार्न शिनावात्रा पनि कानुनी कारबाहीको सामना गरिरहेकी छिन् । यस मुद्दामा उनलाई पदबाट हटाउन सकिन्छ । – एजेन्सी