भियतनाममा आँधी : ५ लाखभन्दा बढीलाई घर खाली गर्न आदेश

काठमाडौँ । भियतनाममा शक्तिशाली आँधी काजिकी आएको छ। भियतनामको राष्ट्रिय मौसम विभागका अनुसार यो आँधीको गति प्रतिघण्टा ११८ देखि १३३ किलोमिटरको बीचमा रेकर्ड गरिएको छ। यसका साथै भारी वर्षा, बाढी र पहिरोको खतरा व्यक्त गरिएको छ।
सावधानी अपनाउन सरकारले ५ लाख ८६ हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा पुग्न आदेश दिएको छ। राहत र उद्धार कार्यका लागि हजारौं सैनिकहरूलाई तयार राखिएको छ। धेरै क्षेत्रहरूमा रेल र उडानहरू रोकिएका छन्। विद्यालयहरू पनि बन्द गरिएका छन्। अधिकारीहरूका अनुसार यो आँधी गत वर्षको यागी आँधी जत्तिकै शक्तिशाली साबित हुन सक्छ। यागीले लगभग ३०० जनाको ज्यान लियो र अर्बौंको क्षति पुर्यायो।
काजिकी आँधी पहिले चीनको हेनान टापु नजिकैबाट गएको थियो, जहाँ दक्षिणी भागहरूमा भारी वर्षा र हावा चलेको देखिएको थियो। अब भियतनामको पूर्वी क्षेत्रहरू यसको प्रत्यक्ष चपेटामा परेका छन्। स्थानीय प्रशासनले मानिसहरूलाई सतर्क रहन अपील गरेको छ र स्थितिको निरन्तर निगरानी भइरहेको छ। – एजेन्सी