पश्चिमी सुडानमा पहिरो : गाउँ नै ध्वस्त !

२०८२ भाद्र १७ गते, मंगलवार


काठमाडौँ । पश्चिमी सुडानको मार्रा पर्वत क्षेत्रमा गएको पहिरोवाट गाउँ नै पूर्ण रूपमा ध्वस्त भएको छ भने करिब १ हजार नागरिकको मृत्यु भएको छ । सुडान लिबरेसन मुभमेन्ट-आर्मीले सोमबार जारी गरेको वक्तव्यमा पहिरोमा परी एउटा गाउँ नै पूर्ण रूपमा ध्वस्त भएको र एक व्यक्ति मात्र जीवित भेटिएको जनाएको हो । गएको ३ दिनदेखिको लगातार वर्षापछि आएको पहिरोले गाउँ नै पुरिएको समाचारमा उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय राहत संस्थासँग मृत्यु हुनेहरूको शव उद्धार गर्न तथा सहयोग उपलब्ध गराउन आग्रह गरिएको हो ।
सुडानी सेनामाथि संघर्षरत अर्धसैनिक द्रुत सहयोग बल आरएसएफसँगको लडाइँका कारण उत्तरी दर्फुर राज्यबाट विस्थापित भएका नागरिकहरु मार्रा पर्वत क्षेत्रमा शरण लिन पुगेका थिए । सुडानमा २ वर्षदेखि चलिरहेको गृहयुद्धका कारण आधा जनसंख्या खाद्य संकटको चपेटामा परेको छ ।
लाखौं नागरिक घरबार विहीन बनेका हुन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]