इजरायलको आक्रमणवाट ४५ जना प्यालेस्टिनीको मृत्यु

काठमाडौँ । इजरायलको आक्रमणमा परी थप ४५ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा ४५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको हो ।
प्यालेस्टिनी अधिकारीहरूले आवासीय क्षेत्रहरूमा व्यापक भौतिक संरचनाको विनाश र मृत्युको सङ्ख्या बढेको बताएका हुन् । अधिकारीहरूले अस्पतालहरूमा थेग्नै नसकिने गरी दबाब बढेको बताएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पछिल्ला केही दिन यता इजरायली सेनाले गाजा शहरमा आफ्नो कारबाहीलाई विस्तार गर्दै बासिन्दाहरूलाई वस्ती छोड्न चेतावनी दिएको छ । गाजाको नागरिक सुरक्षा निकायले आक्रमणका कारण इजरायलले विस्थापितहरूलाई आश्रय दिने विद्यालयहरू र आवासीय भवनहरू खचाखच भरिएको बताएकोे छ
आक्रमणबाट दर्जनौँको मृत्यु भएको छ र सयौँ घाइते भएका छन् । पछिल्लो समय इजरायली सेनाले एक हजार ६०० भन्दा बढी आवासीय भवनहरू र विस्थापित परिवारहरूका लागि बनाइएका १३ हजार टेन्टहरू नष्ट गरेको छ, जसले तीन लाख ५० हजारभन्दा बढी मानिसहरूलाई पूर्वी गाजा शहरबाट मध्य र पश्चिमी क्षेत्रहरूमा भाग्न बाध्य पारेको छ ।
शुजैया, जायतौन, तुफाह, रिमाल र शेख राडवानसहित प्रमुख छिमेकहरू व्यवस्थित विनाशको सामना गरिरहेका छन । आक्रमणलाई यसले अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन भनेको छ । पछिल्ला केही दिन यता इजरायली सेनाले गाजा शहरमा आफ्नो कारबाहीलाई विस्तार गर्दै बासिन्दाहरूलाई वस्ती छोड्न चेतावनी दिएको छ । – एजेन्सी