इजरायलद्वारा गाजामा भिषण आक्रमण

२०८२ आश्विन ४ गते, शनिबार


काठमाडौँ । इजरायली सेनाले गाजा शहरमा आक्रमण लगातार भिषण आक्रमण गरि रहेको छ । इजरायली सेनाले १५० हवाई हमला र ट्याङ्क आक्रमण गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
पछिल्लो आक्रमणबाट १० लाख जनसंख्या भएको गाजा शहरबाट चार लाख प्यालेस्टिनीहरू भाग्न बाध्य भएको बताइएको छ । त्यस्तै गाजामा कुपोषणका कारण पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । योसँगै गाजामा भोकमरीका कारण मृत्यु हुनेको संख्या अहिले ४३५ पुगेको छ, जसमा १४७ बालबालिका पनि छन् । हमास-इजरायल युद्ध सुरु भएदेखि, गाजामा ६५ हजर १४१ प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । त्यस्तै इजरायली सेनाले बिहीबार दक्षिणी गाजा पट्टीमा आफ्ना चार सैनिक मारिएको बताएको छ ।
इजरायलका अति-दक्षिणपन्थी अर्थमन्त्री, मजालेल स्मोट्रिचले तेल अभिभमा आयोजित एक सम्मेलनमा भने- ‘गाजा एक घर जग्गाको धन हो । हामीसँग यसलाई विकास गर्ने व्यावसायिक योजना छ । यसका लागि, हामी यसलाई कसरी वितरण गर्ने र यसको फाइदा कसरी लिने भन्ने बारेमा अमेरिकासँग कुरा गरिरहेका छौं ।’ – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु