इजरायलद्वारा प्यालेस्टिनलाई देशको मान्यता दिएकोमा आपत्ति प्रकट

२०८२ आश्विन ६ गते, सोमबार


काठमाडौँ । इजरायलले बेलायत, क्यानडा र अष्ट्रेलियाले प्यालेस्टिनलाई देशको मान्यता दिएकोमा आपत्ति जनाएको छ । गाजामा युद्ध अन्त्य गर्ने आह्वानबीच विश्व मञ्चमा इजरायलमाथि दबाब बढेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आपत्ति जनाएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री नेतन्याहूले प्यालिस्टिनलाई मान्यता दिनु आतंकवादका लागि ठूलो पुरस्कार दिनुजस्तै भएको बताए । प्यालिस्टिन राज्यको स्थापना कहिल्यै स्थापना नहुने भन्दै उनले आफू अमेरिकाबाट फर्किएपछि इजरायलको प्रतिक्रिया घोषणा गर्ने बताएका छन् ।
नेतन्याहू संयुक्त राष्ट्रसंघको महासभा बैठकमा भाग लिन र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न अहिले अमेरिकामा छन् । उनले युरोपको राजनीतिक आवश्यकताका कारण आफ्नो देशले प्यालिस्टिन लाई राष्ट्रको रूपमा स्वीकार गरी आत्महत्या नगर्ने स्पष्ट पारेका छन् ।
उता बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले यो निर्णयको उद्देश्य प्यालिस्टिन र इजरायली दुवैका लागि शान्तिको आशा जीवित राख्नु रहेको बताएका छन् । दुवै समुदायबीच स्थायी समाधानका लागि ठोस कदम चाल्ने समय आएको उनको भनाइ छ । यसैगरी क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि पछिल्लो निर्णयले दुई–राज्य समाधानको दिशामा शान्ति पुनस्र्थापित गर्न मार्ग प्रशस्त गर्नसक्ने बताए । अर्को हप्ता न्यूयोर्कमा बस्ने संयुक्त राष्ट्र संघको महासभामा फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिने अपेक्षा गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु