इजरायलद्वारा गाजामा आक्रमण : ५० जनाकाे मृत्यु, २ सय घाइते

काठमाडौँ । इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा करिब ५० प्यालेस्टाइनी नागरिककाे मृत्यु भएको छ। मृत्यु हुनेमा ५ जना खाद्यान्न लिनका लागि लाइन बसेका रहेको एन्क्लेभको स्वास्थ्य मन्त्रालयले जनाएको हाे । गाजामा युद्ध रोक्ने अमेरिकी प्रस्तावपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ओभलमा भेट्ने तयारी भइरहेको समयमा साेही आक्रमण भएको हो । इजरायली आक्रमणमा करिब २ सय घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
यसैबीच संयुक्त राष्ट्रसंघले विगत २ हप्तामा इजरालले गाजा शहरका रहेका १७ वटा स्वास्थ्य संस्था ध्वस्त पारेको रिर्पोट सार्वजनिक गरेको हाे । संयुक्त राष्ट्र संघको मानव अधिकार कार्यालयले सेप्टेम्बर १६ तारिख देखि भएको आक्रमणमा १७ स्थास्थ्य सस्थामा आक्रमण भएको पुष्टि गरेको छ।
स्थास्थ्य संस्थामा भएका आक्रमणले बिरामी र घाइतेहरुको जीवन बचाउन समेत अप्ठ्यारो परिरहेको अधिकारीले बताएका हुन् ।- एजेन्सी