विद्यालय भवन भत्किंदा एक जनाकाे मृत्यु, दर्जनाैं घाइते

काठमाडौँ । इन्डोनेसियामा एक विद्यालय भवन भत्किंदा एक जना विद्यार्थीकाे मृत्यु भएकाे छ। साेही घटनामा परी दर्जनाैं घाइते हुनुका साथै ६५ जना विद्यालयकाे भवनमा पुरिएकाे प्रहरीले अनुमान गरेकाे हाे । अस्थिर कङ्क्रिटको भग्नावशेषमा फसेका विद्यार्थीहरूलाई उद्धारकर्ताहरूले अक्सिजन र पानी उपलब्ध गराउँदै आएकाे समेत जनाएकाे छ । मंगलबार बिहानसम्म १२ घण्टा भन्दा बढी समय बितिसक्दा पनि बाँचेका मानिसहरूलाई मुक्त गर्न उनीहरू निरन्तर प्रयासरत हुन् ।
पूर्वी जाभाको सिडोआरजोस्थित अल खोजिनी इस्लामिक बोर्डिङ विद्यालयमा भएको दुर्घटनापछि उद्धारकर्मी, प्रहरी र सैनिकहरूले रातभरि उत्खनन गरी ८ जना कमजोर र घाइते विद्यार्थीलाई बाहिर निकाल्न सफल भएका थिए । तर भग्नावशेषभित्र थप शव देखिएकाले मृतकको संख्या बढ्ने आशंका गरिएको छ ।
भग्नावशेष हल्लिएर अर्को दुर्घटना हुने जोखिम देखिएपछि मंगलबार बिहान सावाँ १० बजे उद्धार कार्य अस्थायी रूपमा रोक्नु परेको थियो । घटनास्थलमा रहेका दर्जनौं एम्बुलेन्स र उद्धार टोलीहरूले सुरक्षाको कारण सबैलाई तत्काल क्षेत्र खाली गर्न आग्रह गरेपछि उपस्थितहरू आतंकित हुँदै भागेकाे जनाइएकाे छ । – एजेन्सी