ट्रम्पद्वारा मध्यम र ठूला ट्रकमा २५% भन्सार शुल्क लगाउने घोषणा

२०८२ आश्विन २१ गते, मंगलवार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आउने मध्यम र ठूला ट्रकहरूमा २५% भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।
ट्रम्पले नोभेम्बर १, २०२५ देखि अमेरिका आउने सबै मध्यम तथा ठुला ट्रकहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका हुन्।
ट्रम्पले सोमबार ‘ट्रुथ सोसल’ मार्फत उक्त घोषणा गरेका हुन् । उनले आफ्नो पोस्टमा शुल्क लाग्ने देशहरूको नाम स्पष्ट रूपमा उल्लेख गरेनन्, तर यो शुल्क ‘अन्य देशहरूबाट अमेरिका आउने’ ट्रकहरूमा लागू हुने बताए। ‘नोभेम्बर १, २०२५ देखि, अन्य देशहरूबाट अमेरिका आउने सबै मध्यम र ठुला ट्रकहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाइनेछ,’ ट्रम्पले लेखेका छन्।
राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अमेरिकी व्यापार नीतिमा ठुलो परिवर्तन गरिरहेका छन्। उनले अप्रिलमा सबै देशहरूमा १० प्रतिशत भन्सार शुल्क लगाएका थिए, जसमा केही देशहरूमा भने यो दर अझ उच्च छ।
ट्रम्पले हाल भारतमा कुल ५० प्रतिशत कर लगाएका छन्। उनले पहिले २५ प्रतिशत कर लगाउने घोषणा गरे पनि, भारतले रुसबाट तेल खरिद गरेपछि उनले थप २५ प्रतिशत कर लगाएर कुल ५० प्रतिशत पुर्‍याएका हुन्। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]