२४ लाख ५० हजार सिरियाली बालबालिका विद्यालय बाहिर

काठमाडौँ । युनिसेफले सिरियामा २४ लाख ५० हजारभन्दा बढी बालबालिका अझै पनि विद्यालयको पहुँच बाहिर रहेको पाइएको जनाएको छ। देशभर १० लाखभन्दा बढी बालबालिका विद्यालय छोड्ने जोखिममा रहेको बताइएको छ। सिरियाको शिक्षा प्रणालीले वर्षौंको युद्ध, विस्थापन र आर्थिक कठिनाइका कारण गहिरो चुनौतीहरूको सामना गरिरहेको छ।
सिरियाका लागि युनिसेफका उप–प्रतिनिधि जेनब आदमले विद्यालय बाहिर रहेका बालबालिका, क्षतिग्रस्त विद्यालय र अत्यधिक तनावग्रस्त शिक्षकहरू राष्ट्रव्यापी शिक्षा पुनस्र्थापित गर्न सबैभन्दा ठूलो चुनौती रहेको बताए। धेरै विस्थापित परिवारहरू घर फर्किएसँगै विद्यालय शिक्षा र पूर्वाधारको माग बढ्दै गएको छ। जसले पहिले नै कमजोर प्रणालीमा थप दबाब दिइरहेको छ।
युनिसेफको अनुमान छ कि देशको राजनीतिक संक्रमण अघि, ७ हजार २ सय भन्दा बढी विद्यालयहरू क्षतिग्रस्त वा नष्ट भएका थिए। -एजेन्सी