गाजाबाट विस्थापित घर फर्किन थाले

२०८२ आश्विन २५ गते, शनिबार


काठमाडौँ । इजरायलले गाजा युद्धविराम सम्झौतलाई अनुमोदन गरेपछि गाजाबाट विस्थापित भएकाहरु घर फर्किन थालेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको मन्त्रिमण्डलले युद्ध विराम सम्झौता अनुमोदन गरेपछि गाजाको उत्तरी क्षेत्रबाट इजरायली सेना पछि हटेको छ भने इजरायली सेना पछि हटेलगत्तै विस्थापितहरु खण्डहर बनेका बस्तीमा फर्किन थालेका छन् । यसैगरी मानवीय सहायता बोकेका सयौं ट्रकहरु पनि गाजामा प्रवेश गर्न थालेका छन् ।
सम्झौत अनुमोदन गर्न बोलाईएको इजरायली मन्त्रिपरिषद्को बैठकमा अमेरिकी राष्ट्रपतिका मध्यपूर्व दूत स्टीव विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुशनर पनि उपस्थित थिए । शान्ति सम्झौत अनुसार इजरायली सेना गाजापट्टीको लगभग ५३ प्रतिशत भूभाग नियन्त्रणमा रहने रेखामा फर्किनेछ । सेनालाई पूर्णरुपले गाजाबाट फर्किन भने तीन चरण लाग्नेछ । यसको ७२ घण्टाभित्र हमासले जीवित रहेको विश्वास गरिएका सबै २० बन्धकहरूलाई रिहा गर्नुपर्नेछ । मृतक २८ बन्धकहरूको शव फिर्ताको प्रक्रिया पनि सुरु हुनेछ । त्यसपछि इजरायली जेलमा आजीवन कारावास भोगिरहेका लगभग २५० प्यालेस्टिनी कैदीहरू छुट्नेछन् ।
यसैगरी गाजाका अन्य एक हजार ७ सय बन्दीहरू पनि इजरायलले रिहा गर्नेछ । ट्रम्पको योजना अनुसार, इजरायलले प्रत्येक इजरायली बन्धकको अवशेषको सट्टा १५ गाजाबासीका शव पनि फिर्ता गर्नेछ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु