फिलिपिन्समा सुपर टाइफुन हाइयानका कारण हजारौँ विस्थापित
काठमाडौँ । फिलिपिन्सको राष्ट्रिय मौसम विभागका अनुसार सुपर टाइफुन हाइयानको कारण हजारौंलाई सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको छ। टाइफुन १५० किलोमिटर प्रति घण्टासम्मको गतिका साथ आउने अनुमान गरिएको छ। सन् २०१३ मा सुपर टाइफुन हाइयानले छ हजार भन्दा बढी मानिसहरूको ज्यान लिएको बताउँदै विपद् अधिकारी रोएल मोन्टेसाले प्रभावित क्षेत्र ‘पालो र तानाउन’मा निकासी जारी रहेको बताएका छन्। नागरिक सुरक्षा अधिकारी र्यान्डी निकार्टका अनुसार छिमेकी सामार टापुमा आइतवार देखि हजारौं बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ। स्थानीय सरकारहरूले गुइआनमा तिव्र निकासी गरिरहेका छन्, जहाँ आँधीले अवतरण गर्ने सम्भावना रहेको जनाइएको छ। फिलिपिन्स प्रत्येक वर्ष औसत २० वटा आँधीबेहरी र टाइफुनको चपेटामा पर्ने गरेको जनाइएको छ।
फिलिपिन्सका मौसम विभागका विशेषज्ञ चार्माइन वरिल्लालाई उदृत गर्दै एएफपीले डिसेम्बरको अन्त्यसम्ममा कम्तिमा ‘तीन देखि पाँच वटा थप’ आँधीबेहरीको सम्भावना रहेको जनाएको छ। डिनागट टापु प्रान्तको लेइटको दक्षिणमा १० देखि १५ हजार मानिसहरूलाई पहिले नै सुरक्षित क्षेत्रमा सारिएको गभर्नर निलो डेमेरीले बताएका छन्। विपद् अधिकारी जोय कोनालेसले दिनगतको लोरेटो सहरका बासिन्दाहरूलाई सुरक्षाका लागि उच्च स्थानमा खाली गर्न भनिएको बताए।
वैज्ञानिकहरूले मानव–सञ्चालित जलवायु परिवर्तनका कारण आँधीबेहरी अझ शक्तिशाली हुँदै गएको चेतावनी दिएका छन्। मध्य र पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरमा सामान्यतया धेरै सङ्ख्यामा चक्रवातहरू आउने गरेको भेरिलाले बताए। सेप्टेम्बरमा फिलिपिन्समा सुपर टाइफुन रागासासहित दुईवटा ठुला आँधी आउदा छिमेकी ताइवानमा १४ जनाको मृत्यु भएको थियो। – एजेन्सी
