फिलिपिन्समा कालमेगी आँधी : ५२ जनाको मृत्यु, १३ जना बेपत्ता,लाखौं नागरिक पलायन
काठमाडौँ । फिलिपिन्समा कालमेगी नामक आँधीका कारण अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ भने लाखौँ नागकिरहरू घर छाडेर पलायन भएका छन् । १३ जना अहिले पनि बेपत्ता रहेका छन् । बाढीबाट सबैभन्दा धेरै जनसंख्या भएको मध्य द्वीप सेबुमा बढी क्षति पुगेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार सेबुमा सबैभन्दा बढीको मृत्यु भएको छ । कयौँ भिडियोहरूमा मानिस घरहरूका छतमा बसिरहेका र सवारीसाधनहरू सडकमा बगिरहेका देखिन्छन् । आधिकारिक मृतक संख्यामा सेनाले राहत तथा उद्धारमा खटाएको हेलिकप्टर चालक दलका छ सदस्यहरूको नाम समावेश गरिएको छैन । उनीहरूको उद्धारका क्रममा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको बीबीसीमा समाचार छ ।समााचारअनुसार हेलिकप्टर सेबुको दक्षिणमा पर्ने मिन्डानाओ द्वीपमा दुर्घटनामा परेको थियो । फिलिपिन्समा हरेक वर्ष औसत २० वटा आँधी आउने गरेको छ । एक महिनाअघि आएको आँधीमा परी कयौँ मानिसहरूको मृत्यु भएको थियो । – एजेन्सी
