रूसमा लडाकु विमान दुर्घटना : २ पाइलटको मृत्यु

२०८२ कार्तिक २९ गते, शुक्रबार

काठमाडौँ । रुसमा प्रशिक्षण उडानको क्रममा सु–३० लडाकु विमान दुर्घटना हुँदा २ जना पाइलटको मृत्यु भएको छ। करेलिया गणराज्यको प्रियोनेझ्स्की जिल्लामा विमान दुर्घटना हुँदा उनीहरुकाे मृत्यु भएकाे क्षेत्रीय प्रमुख आर्टुर परफेन्चिकोभले बताउनुभएको हाे। रुसी रक्षा मन्त्रालयलाई टास समाचार एजेन्सीले उद्धृत गर्दै गोला बारुद बिना निर्धारित प्रशिक्षण उडान सञ्चालन गर्दा विमान दुर्घटनाग्रस्त भएको जनाएकाे छ। प्रमुख परफेन्चिकोभले विमान आवासीय बस्तीबाट टाढा जंगली क्षेत्रमा खसेको बताउनुभयो।
प्रमुख परफेन्चिकोभले १५९ औं उड्डयन लडाकु रेजिमेन्टका पाइलटहरूको परिवारप्रति समवेदना व्यक्त गर्नुभएकाे छ। आवश्यक सबै सहयोगको आश्वासन दिँदै आपत्कालीन सेवाहरू तुरुन्तै घटनास्थलमा पुगेको समेत उहाँकाे भनाइ थिये। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]