कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी
काठमाडौँ । ब्राजिलको बेलेममा आयोजित संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप–३० आयोजना स्थलमा आगलागी भएको छ । आगलागीपछि बेलम सहरका बासिन्दालाई बाहिर निकालिएको छ ।
बीबीसीका पत्रकारहरू (जसमध्ये जलवायु सम्पादक जस्टिन रोलाट पनि थिए) ले पभिलियन क्षेत्रमा आगो र धुवाँ देखेपछि उनीहरूलाई तुरुन्तै बाहिर निकालिएको जानकारी दिएका छन् ।
संयुक्त राष्ट्र संघका अधिकारीहरुका अनुसार आगो ६ मिनेटमै निभाइएको थियो । १३ जना धुवाँको असरका कारण बिरामी परेका छन् । उनीहरुको उपचार भइरहेको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसंघको सम्मेलन आयोजक समितिका अनुसार उनीहरूको स्वास्थ्य अवस्थामाथि निगरानी भइरहेको छ र आवश्यक चिकित्सकीय सहयोग प्रदान गरिएको छ ।
आगलागीका कारण सम्मेलन रोकिएको छ । वार्ताकारहरू जलवायु संकट सामना गर्न अन्तर्राष्ट्रिय प्रयास बलियो बनाउने समझदारी टुंग्याउने तयारी गरिरहेका बेला अवरोध आएको हो । – एजेन्सी
