पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई आक्रमण : १० बालबालिकाको मृत्यु

२०८२ मंसिर १० गते, मंगलवार


काठमाडौँ । पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गर्दा १० बालबालिका र महिलाको मृत्यु भएको छ । तालिबान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार र मंगलबार राति (लगभग १२ बजे) खोस्ट प्रान्तको गार्बुज जिल्लामा विस्फोट भएको दाबी गरेका छन् । उनले कुनार र पक्तियामा पनि हवाई आक्रमण गरिएको दाबी गरेका छन् जसमा कम्तीमा चार नागरिक घाइते भएका छन् । कुनार प्रान्तका स्थानीयहरूले गएराति अबेर मारावारा, असदाबाद र शेलितान क्षेत्रमा ठूलो विस्फोट सुनेको बताएका छन् ।
अफगानिस्तानले पाकिस्तानी सेनालाई आफ्नो सिमाना भित्र हवाई आक्रमण गरेको आरोप लगाएको यो पहिलो पटक होइन । गत महिनाको सुरुमा, अफगानिस्तानले पाकिस्तानलाई राजधानी काबुल सहित धेरै स्थानहरूमा हवाई आक्रमण गरेको आरोप लगाएको थियो ।
पाकिस्तानले अफगान सरकारका प्रवक्ताको आरोपको जवाफ दिएको छैन । विगतमा, पाकिस्तानले अफगानिस्तान भित्र धेरै स्थानहरूलाई लक्षित गरेको काबुलको आरोपलाई अस्वीकार गरेको छ । यद्यपि, गत महिना पाकिस्तानले अफगानिस्तान भित्रका केही सीमावर्ती क्षेत्रहरूमा आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गरेको थियो । दुवै देशबीच भएको युद्धविराम सम्झौतापछि आक्रमण रोकिएकोमा फेरी आक्रमण शुरु भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]