साउदी अरेबियाको सीमामा१५ हजार यमनी लडाकु तैनाथ
काठमाडौँ । साउदी अरेबियाको सीमामा करिब १५ हजार यमनी लडाकु तैनाथ भएका छन्। गत महिना पृथकतावादीहरूले धेरै भूभाग कब्जा गरेपछि साउदीको रणनीतिक क्षेत्रहरूमा जम्मा यमनी लडाकु तैनाथ भएको अलजजिराले जनाएको छ।
उनीहरूलाई यमनी हुथी समूहविरुद्ध आक्रमण गर्न भने आदेश नभएको बताइएको छ । लडाकु तैनाथ गरिएको ती सबै क्षेत्रहरू युएई समर्थित साउदर्न ट्रान्जिसनल काउन्सिल पृथकतावादी समूहले हालैका हप्ताहरूमा कब्जा गरेको क्षेत्रको नजिकै रहेका बताइएको छ।
यमनमा लामो समयसम्म सरकारी सेना र यमनी हुथी विद्रोहीबिच गृहयुद्ध भएको थियो। यस्तै यमनी सरकारलाई सहयोगका लागि साउदी अरबको नेतृत्वमा गठबन्धन सेनाले सघाएको थियो । विगत केही समयदेखि यमनी शान्तिका लागि युद्धविरामको घोषणा भएको छ। – एजेन्सी
