ट्रम्पद्वारा इरानलाई दोस्रोपटक चेतावनी

२०८२ पुष २६ गते, शनिबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दोस्रो पटक चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले ट्रम्पले प्रदर्शनलाई दबाउने नाममा उनीहरूमाथि गोली चलाए इरानको नेतृत्वमाथि आक्रमण गर्ने चेतावनी दिएको जनाएको छ। ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले इरानी नेतृत्वलाई लक्ष्य गरेर अमेरिकाले आक्रमण गर्ने चेतावनी दिएका हुन्। ट्रम्पले पत्रकारहरूसँग भने-‘तिमिहरूले प्रदर्शनकारीमाथि गोली चलायौ भने हामी पनि तिमीहरूमाथि चलाउँछौ।’
ट्रम्पले इरान अहिले अत्यन्त खराब अवस्थामा पुगेको पनि बताएका छन्। उनले इरानमा प्रदर्शन चर्किँदै गएर हिंसात्मक हुन थालेपछि यसअघि पनि चेतावनी दिएका थिए। उनले प्रदर्शनकारीहरूलाई इरानी नेतृत्वबाट बँचाउनका लागि अमेरिका आउन सक्ने चेतावनी यसअघि नै दिइसकेका छन्।

प्रतिक्रियाहरु

[anycomment]