ट्रम्प भेनेजुएलाको स्वघोषित कार्यवाहक राष्ट्रपति !

२०८२ पुष २८ गते, सोमबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको कार्यवाहक राष्ट्रपति बनेको स्वघोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्बिरमा उनी ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ भएको दाबी गरिएको छ ।
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादूरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई पक्राउ गरेपछि तीव्र अन्तर्राष्ट्रिय विवादको बीचमा ट्रम्पले यो दाबी गरेका हुन् । ट्रुथ सोसलमा ट्रम्पले प्रकाशित गरेको पोस्ट विकिपिडियाको आधिकारिक पृष्ठमा समेत प्रकाशित गरेका छन् । जहाँ उनको आधिकारिक तस्बिर प्रयोग गरिएको छ। ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ का रूपमा ट्रम्पलाई उल्लेख गरिएको छ ।
यसबाहेक ट्रम्पले मार्को रुबियो क्युबाको राष्ट्रपति हुने विचारलाई पनि मजाक बनाएका छन् । मादूरोको कब्जापछि प्रशासनिक निरन्तरता कायम राख्न र भेनेजुएलाको सर्वोच्च न्यायाधिकरणले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको भूमिका ग्रहण गर्न आदेश दिएको थियो ।
जनवरी ३ मा मादूरोको कब्जापछि ट्रम्पले एक पत्रकार सम्मेलनमा संक्रमणकालभरि संयुक्त राज्य अमेरिकाले भेनेजुएला चलाउने बताएका थिए । आइतबार जनवरी ४ मा उनले संयुक्त राज्य अमेरिकाको मातहत भेनेजुएला भएको बताएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]