अमेरिकामा हिमपात : जनजीवन अस्तव्यस्त, २० राज्यमा आपत्‌काल घोषणा

२०८२ माघ १३ गते, सोमबार


काठमाडौँ । अमेरिकामा शनिबारदेखि जारी भारी हिमपातका कारण जनजीवन तहसनहस भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टनसहित २० राज्यमा आपत्‌कालीन अवस्था घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हिमपातका कारण न्युयोर्कसहित अमेरिकाभर अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ।
आँधीसहितको हिमपातले अमेरिकामा झन्डै १० लाख घर बिजुलीविहीन भएका छन्। १० हजारभन्दा बढी उडान रद्द गरिएका छन् र १४ हजारभन्दा बढी उडान ढिलाइ भएका छन्।
अमेरिकाको राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) का अनुसार, आँधी लगभग ३ हजार २२० किलोमिटर क्षेत्रमा फैलिएको छ। जसका कारण झन्डै २१ करोड मानिस समस्यामा परेका छन्।

प्रतिक्रियाहरु

[anycomment]