आज शान्तिपूर्ण सहअस्तित्व दिवस

२०८२ माघ १५ गते, बुधबार


काठमाडौँ । आज जनवरी २८ अर्थात् अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले गत मार्चमा हरेक वर्ष २८ जनवरीमा यो दिवस मनाउने घोषणा गरेको थियो। विश्वव्यापी रूपमा अस्थिरता र द्वन्द्व बढ्दै गएसँगै अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व दिवस विविध संस्कृति, मूल्य, जीवनशैली र विश्वासप्रतिको सचेतना बढाउन, र सहिष्णुता प्रवर्द्धनमा शिक्षाको भूमिका उजागर गर्न आज यो दिवस पहिलोपटक विश्वका विभिन्न मुलुकमा मनाइँदै छ ।
धार्मिक र सांस्कृतिक विविधता तथा मानवअधिकारको सम्मानका साथै विश्वका सबै देश, अन्तर्राष्ट्रिय सङ्गठन, नागरिक समाज र सञ्चारमाध्यमलाई शान्ति, समावेशिता, समझदारी र एकता प्रवर्द्धनका निम्ति यो दिवसले प्रेरित गर्ने संयुक्त राष्ट्रसङ्घको विश्वास छ । यो दिवस अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रसङ्घ स्थापनाका उद्देश्य र सिद्धान्तप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्ने अवसर पनि हो ।
शान्ति केवल युद्ध नहुनु मात्र होइन, यो विविध लिङ्ग, जाति, भाषा, धर्म र संस्कृतिका बीचमा एकता एवं आत्मीयता कायम गर्दै सहअस्तित्व विकास गर्ने दिवस भएको राष्ट्रसङ्घले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]