जापानमा सत्तारूढ गठबन्धनको ऐतिहासिक जित
काठमाडौँ । जापानमा प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सत्तारूढ गठबन्धनले ऐतिहासिक जित निकाल्दै संसदमा ठूलो बहुमत हासिल गरेको समाचारसंस्था रोयटर्सले जनाएका हाे । ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टीले तल्लो सदनका ४ सय ६५ सिटमध्ये करिब ३ सय २८ सिटमा जीत हासिल गरेको छ । गठबन्धन साझेदार जापान इनोभेसन पार्टी (इशिन) सँग मिलेर ताकाइचीले दुई–तिहाइभन्दा बढी सिट सुरक्षित गर्नुभएको हाे ।
ठूलो बहुमतसँगै ताकाइचीलाई कर कटौती, आर्थिक सुधार र सुरक्षा नीतिमा महत्त्वपूर्ण निर्णय लिन सहज बनाउने भएकाे छ । यद्यपी कर कटौतीको योजनाले जापानी ऋण र येनमाथि दबाब बढाएको भन्दै वित्तीय बजारमा चिन्ता बढाएको छ । चुनावपछि प्रारम्भिक कारोबारमा जापानी येन अमेरिकी डलरको तुलनामा केही कमजोर बनेको हाे ।
जापानमा ताकाइचीको बलियो जनादेशले नीतिगत तीव्रता ल्याउने संकेत दिएको हाे । थाइल्याण्डमा अनुतिनको जितले लामो समयदेखिको राजनीतिक अस्थिरता अन्त्य हुने आशा बढाएको छ ।
