ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका राष्ट्रपति व्लादिमिर पुटिनसँग जारी अमेरिका-इजरायल र इरानबीचको युद्धको बिषयमा टेलिफोन वार्ता गरेका छन् । ट्रम्पका अनुसार उक्त वार्तामा इरानसँगको युद्ध र युक्रेनको अवस्थाबारे छलफल भएको थियो । पुटिनले रूस इरान युद्ध अन्त्य गराउन सहयोग गर्न इच्छुक रहेको बताएका थिए । तर ट्रम्पले पहिले रूस-युक्रेन युद्ध अन्त्य गराउन पहल गर्नु अझ राम्रो हुने बताएका छन् ।
फ्लोरिडामा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले ईरानसँग युद्ध सुरु भएपछि आफू र पुटिनबीच भएको यो पहिलो वार्ता भएको जानकारी दिएका छन् । मध्यपूर्व क्षेत्रमा तनाव बढिरहेका बेला यो वार्ता भएको बताइएको छ । ट्रम्पले पछिल्ला १० दिनमा अमेरिकाले ईरानका ५१ वटा जहाज डुबाएको र हजारौँ सैन्य ठेगानालाई निशाना बनाइएको दाबी पनि गरेका छन् ।
