इरानी नेताहरूको बारेमा जानकारी दिनेलाई १० मिलियन डलर पुरस्कार !

२०८२ फाल्गुन ३० गते, शनिबार


काठमाडौँ । अमेरिकाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका ‘प्रमुख नेताहरू’लाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई १ करोड डलरसम्मको पुरस्कार घोषणा गरेको छ। अमेरिकी विदेश विभागले जारी गरेको सूचनामा जम्मा १० जनाको नाम उल्लेख गरिएको छ , यद्यपि तीमध्ये केवल ६ जनाको नाम र तस्बिरहरू सार्वजनिक गरिएको छ। यसमा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी समावेश छन्। अली लारीजानीलाई यसअघि इरानमा आयोजित सरकार समर्थक र्‍यालीमा देखिएको थियो।
अमेरिकाले यी व्यक्तिहरूले गार्ड कोर्प्सको सैन्य एकाइहरूको विभिन्न भागहरूको नेतृत्व र सञ्चालन गर्ने बताएको छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]