नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठक सुरु
काठमाडौ, १०साउन । तेइस वर्षपछि नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठक आज यहाँ सुरु भयो । परराष्ट्रमन्त्रीस्तरीय उक्त बैठकमा पारस्परिक सम्बन्धका सबै विषयमा छलफल भइरहेको छ ।बैठकमा राजनीतिक, सुरक्षा, सिमाना र सीमा व्यवस्थापन, आर्थिक सहयोग तथा पूर्वाधार व्यापार एवम् पारवहन, व्यापार सहजीकरण ऊर्जा तथा जलस्रोत, ऊर्जा व्यापार सम्झौता, पञ्चेश्वर विकास परियोजनालगायत सबै विषयमा गहन विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक धितालले राससलाई जानकारी दिए । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र भारतीय पक्षको नेतृत्व त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजले गरेकी छन् । दुवै प्रतिनिधिमण्डलमा २७–२७ जना अधिकारी संलग्न छन् ।
नेपाली पक्षमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास बैरागी, सोही मन्त्रालयका सहसचिवहरु खगनाथ अधिकारी, दीपक धिताल, अमृतबहादुर राई, निर्मलराज काफ्ले र नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल छन् ।
त्यसैगरी ऊर्जा मन्त्रालयका सहसचिव केशवध्वज अधिकारी, सिँचाइ मन्त्रालयका सहसचिव शिवकुमार शर्मा, गृह मन्त्रालयका उपसचिव शेषनारायण पौडेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. पदमबहादुर चन्द, अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सहसचिव विष्णुओम वादे, शिक्षा मन्त्रालयका सहसचिव डा. लवदेव अवस्थी, सहरी विकास मन्त्रालयका सहसचिव राजेशप्रसाद सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराई रहेका छन् ।
यस्तै कृषि विकास मन्त्रालयका उपसचिव महेन्द्र पौडेल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवद्वय तोयानारायण ज्ञवाली र जीवराज कोइराला, उपसचिव नवराज ढकाल, रक्षा मन्त्रालयका सहसचिव चेतनाथ भट्टराई, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव सूर्यप्रसाद शर्मा, संसद् सचिवालयका सहसचिव विनोदकुमार अधिकारी, उद्योग मन्त्रालयका सहसचिव यामकुमार खतिवडा, वन तथा भूसंरक्षण मन्त्रालयका सहसचिव अन्नपूर्णनन्द दास, सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव कविराज खनाल र नापी विभागका महानिर्देशक नगेन्द्र झा छन् ।
भारतीय विदेश सचिव सुजाथा सिंह, भारतीय विदेश मन्त्रालयको आर्थिक सहायतासम्बन्धी सचिव सुजाता मेहता, सोही मन्त्रालयका सहसचिव अभय ठाकुर, भारतीय विदेश मन्त्रीको कार्यालयका निर्देशक श्री विपुल रहेका छन् । भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का महानिर्देशक सतिशचन्द मेहता, संस्कृति मन्त्रालयका अतिरिक्त सचिव कमलकान्त मित्तल, विदेश मन्त्रालयका प्रवक्ता सयद अक्वरुद्दिन, सोही मन्त्रालयका सहसचिव सञ्जिव रञ्जन, ऊर्जा मन्त्रालयमा जलस्रोत हेर्ने सहसचिव मुकेश जैन, सडक यातायात तथा राजमार्ग मन्त्रालयका निरज वर्मा, वाणिज्य तथा उद्योग मन्त्रालयका सहसचिव अर्विन्द मेहता, जलस्रोत मन्त्रालयअन्तर्गतको केन्द्रीय जलआयोगका प्रमुख इन्जिनियर एमएस अग्रवाल, रेलवे मन्त्रालयका कार्यकारी निर्देशक मनोजकृष्ण अखुरी र मानव संशाधन मन्त्रालयअन्तर्गतको उच्च शिक्षा विभागका सहसचिव अमित खारे छन् ।
नेपालका लागि भारतीय राजदूत रञ्जित रे, विदेश मन्त्रालयका निर्देशक अरुणकुमार साहु, उपसचिव सत्वन्त खनालिया, यहाँस्थित भारतीय दूतावासका नियोग उपप्रमुख पियूष श्रीवास्तव, काउन्सेलर महिन्दरकुमार खुराना, वीरगन्जस्थित महावाणिज्यदूत अञ्जु रञ्जन, दूतावासका प्रवक्ता अभयकुमार, वाणिज्य हेर्ने प्रथम सचिव अशिष सिन्हा, आर्थिक सहयोग हेर्ने मदनसिंह भण्डारी, सैनिक सहचारी कर्णेल अजय पासबोला, र प्रथम सचिवद्वय सुमति राव र डा. एनकानन छन् ।