काभा महिला यू–१९ च्याम्पियनसिप : नेपाल कीर्गिस्तानसँग भिड्दै

२०८२ कार्तिक १९ गते, मंगलवार

काठमाडौँ । श्रीलंकामा हुन् लागेको काभा महिला यु–१९ च्याम्पियनसिप भलिबलमा नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। च्याम्पिनसिपको पहिलो खेलमा नेपालले साँझ सवा ५ बजे प्रतिस्पर्धा गर्न लागेको हो। त्यसअघि आजै आयोजक श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ।
चार टोली सहभागी च्याम्पियनसिपमा राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ।
कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ। गत वर्ष भएको महिला यु २० च्याम्पियनसिपमा नेपालले कास्यपदक जितेको थियो। यसपटक लामो समयको तयारी भएकाले अझै सुखद नतिजा आउने टोलीका मुख्य प्रशिक्षक कुमार राईले बताए। टोलीले झन्डै डेढ महिना काभाको तयारी गरेको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एनपीएलको टिकटदर सार्वजनिक

२०८२ कार्तिक २९ गते, शुक्रबार

फ्रान्स फिफा विश्वकपमा छनोट

२०८२ कार्तिक २९ गते, शुक्रबार

एनपीएलको खेल तालिका सार्बजनिक

२०८२ कार्तिक २६ गते, मंगलवार