बैंकको ब्याजदर घट्यो !

२०८३ श्रावण ३१ गते, आईतवार

काठमाडौँ । वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भदौ महिनाका लागि पाँच वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । भदौ महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.१३ प्रतिशत कायम भएको छ । साउनमा यस्तो औसत ब्याजदर ४.१७ प्रतिशत थियो । त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि घटेर ३.०८ प्रतिशत कायम भएको छ । साउनमा संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ३.१२ प्रतिशत थियो ।
भदौ महिनामा कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.१५ प्रतिशत र एभरेष्ट बैंकले व्यक्तिगततर्फ ४.०५ प्रतिशत ब्याजदर तोकेको छ । नेपाल बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.१५ प्रतिशत, कुमारी बैंकले व्यक्तिगततर्फ ३.७६ प्रतिशत, नेपाल एसबीआई बैंकले ४१० प्रतिशत लक्ष्मी सनराइज बैंकले ४ प्रतिशत, ग्लोबल आइएमई बैंकले ४ प्रतिशत, प्राइम कमर्सियल बैंकले ४ प्रतिशत, सिटिजन्स बैंकले ३.८५ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५० प्रतिशत ब्याज दिनेछन् ।
यस्तै, एनएमबि बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.५० प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८ प्रतिशत, हिमालयन बैंकले ४ प्रतिशत, सिद्धार्थ बैंकले ३.७६ प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, सानिमा बैंकले ४.५० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५० एनआईसी एशिया बैंकले ४ प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु