सुन प्रतितोला तीन लाख पाँच हजार दुई सय रूपैयाँ
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख एक हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा चार हजार ६ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार ७ सय १० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो।
