मुपात्र र याँमता जात्रा सुरु

२०८२ भाद्र २४ गते, मंगलवार


काठमाडौँ । भक्तपुरको मुपात्र र याँमता जात्रा आजबाट सुरु हुँदै छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारेको जात्रा भक्तपुरमा तीन दिन मनाइन्छ । जात्रामा मुपात्र प्रमुख र धिःचा नामक अन्य दुई जना सहायकसहित तीन जनालाई राक्षसको पोशाक लगाई अनुहारमा विभिन्न रङ लगाई श्रृङ्गारपटारका साथ तरबार समात्न लगाई भक्तपुर नगर परिक्रममा गराउने चलन छ । नगर परिक्रमा गर्दा नगरको टोलटोलमा ठड्याइराखेको यमःद्योलाई मुपात्र राक्षसले तीनपटक घुमेर तरबारले हान्ने गर्छन् ।
जात्रा सुरु हुनुअघि स्थानीय सःकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडि एक जोडा याँमता ९आकाश दीप०बालिन्छ । याँमता त्रिशूल आकारको हुन्छ । त्रिशूलमा जस्तै माथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती नै याँमता अर्थात् आकाश दीप हो । साथै आजै तचपालस्थित सँला गणेशलाई खटमा राखी नगर परिक्रममा गराई सँला गणेश जात्रा गरिन्छ । त्यसपछि मुपात्र जात्रा निकाल्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको टोलहरूमा परिक्रमा गराइन्छ ।
जात्राको दोस्रो दिन साँझ गोमारीका मानन्धर समुदायको याँमतासँगै चोछेँ टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीका मानन्धर समुदाय छुमा गणेश मन्दिर गएर सुकुण्डा बालेर आइसकेपछि गोमारी मानन्धर चोकमा याँमता बालेर जात्रा सुरु गरिन्छ ।
याँमता बालिसकेपछि चोछेँ टोलको छुमा गणेशको मूर्तिलाई खटमा राखी दरबार स्क्वायरको तलेजु भवानीको दर्शन गराइन्छ । याँमता दरबार स्क्वायर पुगेपछि विभिन्न बाजागाजाका साथ याँमता, छुमा गणेश र मुपात्र जात्रा गरी नगर परिक्रमा गराइन्छ । राति सँला गणेश र छुमा गणेशलाई आआफ्नो द्योःछे ९देवगृह०मा पुर्याइन्छ ।
जात्राको अन्तिम दिन टौमारीको आकाश भैरवलाई गुठी संस्थान कार्यालयबाट बलि पूजा गरिन्छ । पूजा सकिएपछि तल्लो टोलहरू तपालछीँ र तेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरमा गई सुकुण्डा बालेर आउँछन् । त्यही सुण्डाबाट बुलुचास्थित ढुङ्गेधारामा एकजोडा याँमता बाल्छन् ।
बालिसकेपछि याँमतासँगै टौमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गारिन्छ । जात्रामा नायखिङ ९खड्गी समुदायको विषेश० बाजा बजाएर भैरवनाथको खटलाई नगर परिक्रमा गराइन्छ ।
भैरवको खटजात्रा गरेपछि स्थानीय लाकुलाछेँ टोलका समुदायले बाँसको मान्द्रोमाथि नीलो कपाडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गर्छन् । टौमारीको भैरव मन्दिर अगाडि तीनपटक घुमेर पुलुकिसी जात्रा सुरु गर्छन् । जात्रामा पुलुकिसीलाई चारजना मानिसले बोकेर ल्याइन्छ । एकजना पुलुकिसीभित्र बसेर घण्टा बजाएर आउने परम्परा छ ।
जात्रामा पुलुकिसीले कथंकदाचित मुपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीहरूलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मुपात्र जात्रा गरिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकालिन्छ ।
इन्द्रजात्रासम्बन्धी लोककथनअनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको खाँचो पर्यो । इन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फूल खोज्न पठाए । जयन्त पारिजातको फूल खोज्दै दैत्यहरूको बगैँचामा प्रवेश गरे । दैत्यहरूले पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा इन्द्रले थाहा पाइ दलबलसहित आएर दैत्यहरूसँग लडाइँ गरे । लडाइँमा इन्द्रको जित भयो ।
दैत्यहरूले इन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरूले जयन्तलाई बाँधेको डोरी काटेर क्षमायाचना गर्छन् । सो क्रममा दैत्यहरूलाई जनतामाझ सहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थहरूमा उल्लेखित ग्रन्थका कथामा आधारित गरी जात्रा प्रारम्भ गरिएको किंवन्दती रहेको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्।
जात्रामा मुपात्र बन्ने व्यक्तिको आजन्म जात जाने र भातपानी नचल्ने सजाय भोग्नुपर्ने प्रचलन रहेको छ । सोअनुसार मुपात्र बन्ने व्यक्तिलाई अछूतको व्यवहार गरिन्छ । त्यसैले जात्रामा स्थानीय बासिन्दा नभई विकट ठाउँका व्यक्तिहरू ल्याई पैसा दिएर मुपात्र बनाउने गुठी संस्थानले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

इन्द्रजात्रा सुरु

२०८२ भाद्र १९ गते, बिहीबार

हिमाल आरोहण शुल्क बढ्यो

२०८२ भाद्र १७ गते, मंगलवार

पर्यटक आगमनमा वृद्धि

२०८२ भाद्र १६ गते, सोमबार

डोल्पामा १ सय २० वटा हिउँ चितुवा

२०८२ भाद्र १३ गते, शुक्रबार