काभा महिला भलिबल च्याम्पियनसिप : भारत र नेपाल भिड्दै
काठमाडौँ । आजदेखि काभा महिला भलिबल च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ। खेल राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बहुउदेश्यीय कभर्डहलमा मा सुरु भएको उक्त च्याम्पियसिपको पहिलो दिन आज तीन खेल हुनेछन्। बिहान ११ बजे हुने पहिलो खेलमा समूह बीका इरान र बंगलादेश भिड्दै छन्। बने यसपछि अघिल्लो संस्करणको च्याम्पियन भारत र उपविजेता नेपाल भिड्नेछन्।
भारत र नेपालबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ। घरेलु टोली नेपाल घरेलु समर्थकको साथ र युवा खेलाडीको उच्च मनोबलमा मैदान उत्रनेछ। नेपाली टोलीका सिनियर खेलाडी विदेश पुगेपछि एकैपटक ६ जना नयाँ खेलाडीले मौका पाएका छन्।
भारत पनि नेपालसँग पहिले भिडेको टोलीभन्दा फरक छ। भारतिय टोलीमा पनि परिवर्तन आएको छ। त्यसैले नेपाली युवा टोलीको लक्ष्य भारतलाई हराउँदै च्याम्पियनसिपका सुखद सुरुवात गर्ने लक्ष्यमा छन्। दिनको अन्तिम खेलमा समुह ए कै काजकिस्तान र मालदिभ्स भिड्नेछन्। सो खेल साँझ ६ बजे हुनेछ।
