चीनले एआई प्रविधिमा विदेशी पहुँच र चोरी रोक्न नयाँ नियम लागू गर्ने
काठमाडौँ । चीन सरकारले आफ्ना आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लागू गर्ने तयारी गरिरहेको छ ।
चिनियाँ अधिकारीहरूले एक महिना यता देशका प्रमुख प्रविधि (टेक) कम्पनीहरूसँग बैठकहरू गरेका हुन् । साेही बैठकहरूमा विदेशबाट चीनका अत्याधुनिक एआई मोडेलहरूमा हुने पहुँचलाई सीमित गर्ने विषयमा गहन छलफल भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । चीनको वाणिज्य मन्त्रालयको नेतृत्वमा आयोजित बैठकहरूमा अलिबाबा, बाइटडान्स र चर्चित एआई स्टार्टअप जेटडटएआई लगायत प्रमुख कम्पनीहरू सहभागी भएका थिए । छलफलका क्रममा अधिकारीहरूले भविष्यमा सार्वजनिक हुने तथा हाल सञ्चालनमा रहेका दुवै प्रकारका उन्नत एआई मोडेलमाथि सरकारी नियन्त्रण थप कडा बनाउन सकिने स्पष्ट संकेत दिएका छन् । – एजेन्सी
