ऐतिहासिक भौतिकवाद ः माक्र्सवादी सिद्धान्तको विश्व दृष्टिकोण
ऐतिहासिक भौतिकवाद भनेको समाज विकासका सामान्य नियमहरुको विज्ञान हो । यो समाजलाई भौतिकवादी ढङ्गले हेर्ने, बुझ्ने, व्याख्या गर्ने र बदल्नका निम्ति बाटो देखाउने माक्र्सवादी लेनिनवादी– माओवादी विश्वदृष्टिकोण हो । द्वन्द्वात्मक भौतिकवादको आधारमा इतिहासको भैतिकवादी व्याख्या गर्ने दृष्टिकोणलाई ऐतिहासिक भौतिकवाद भनिन्छ ।
ऐतिहासिक भौतिकवाद द्वन्द्ववाद भौतिकवादको अभिन्न अङ्ग हो । यसको प्रतिपादन कार्ल माक्र्सले गर्नुभएको हो ।
द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद माक्र्सवादी सिद्धान्तको विश्व दृष्टिकोण हो । माक्र्सवादका ३ संघटक अङ्गहरु छन् । कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले आपूmभन्दा पहिले विकसित भएका समाज विज्ञानका नियमहरुलाई सर्वहारा श्रमजीवी वर्गका जनताको हितका निम्ति सुसंगठित गर्दै उनीहरुको क्रान्तिकारी आन्दोलनसँग जोड्ने काम भएकोले माक्र्सवाद विश्वभरिका मजदुरवर्गको मुक्ति आन्दोलनको वैचारिक हतियार एवं मागदर्शन सिद्धान्त सावित भयो । त्यसबेलादेखि माक्र्सवाद विश्वका करोडौं करोड जनताका निम्ति शोषण र उत्पीडनबाट मुक्त हुने वैचारिक आधार बन्न सक्यो । माक्र्सवादले दर्शन, राजनीति, समाज विज्ञान र अर्थतन्त्र आदि सबै पक्षमा देखिएका तथा पूँजीवादी मान्यता र जटिलताहरुको अध्ययन गर्दै ती सबै क्षेत्रमा आप्mनो क्रान्तिकारी निष्कर्ष प्रदान ग¥यो । दर्शन, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक सामाजवाद माक्र्सवादका ३ संघटक अङ्गका रुपमा विज्ञानसंगत ढंगले प्रमाणित हुन पुगे ।
१. माक्र्सवादको एउटा संघटक अङ्ग द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शन हो । यसले प्रकृति, मानव समाज र विचारधारात्मक विकासका अधिकतम सामान्य नियमहरुको अध्ययन गर्दछ । दर्शनका क्षेत्रमा भएको सबभन्दा पछिल्लो विकासका शास्त्रीय जर्मन दर्शनका रुपमा हेगलको द्वन्द्ववाद र फायरवाखको भौतिकवाद नै थियो । तत्कालीन समयमा देखापरेका यी दुवै दर्शनका मूल्यवाद तथा सुसंगत विचारहरुलाई आत्मासात गरेको माक्र्स र एंगेल्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको विकास गरे ।
२. माक्र्सवादको दोस्रो संघटक अङ्ग राजनीतिक अर्थशास्त्र हो । यसले समाजमा उत्पादक शक्ति र उत्पादनका सम्बन्धमा रहेका वर्गहरुका बीचको आपसी समबन्ध र तिनीहरुका बीचमा उत्पन्न हुने सङघर्षका नियमहरुको अध्ययन गर्दछ । बेलायती अर्थशास्त्री एडम स्मिथ र डेबिड रिकार्डोले अगाडि सारेका मूल्यका श्रम सिद्धान्तका आधारमा कार्ल माक्र्सले अतिरिक्त मूल्यको सिद्धान्तको रुपमा नयाँ सिद्धान्तलाई विकसित गरे । माक्र्स एंगेल्सको यस योगदानलाई राजनैतिक अर्थशास्त्रको सिद्धान्त पनि भन्न सकिन्छ । पूँजीपतिवर्गले मजदुर वर्गको श्रमशक्तिालाई प्रयोग गरेर उत्पादनलाई कसरी अन्यायपूर्ण किसिमले आप्mनो बनाउँछ र शोषणबाट कमाएको नाफाले एकपट्टि अधिकतम रुपमा पूँजीको केन्द्रिकरण गर्छ भने अर्कोपट्टि मजदुरवर्गको स्थिति झन्–झन् दयनीय बन्दै जान्छ र यस्तो शोषण र उल्पीडनके स्थितिबाट मुक्त हुन सर्वहारा मजदुरवर्गले राज्यसत्ता नै आप्mनो हातमा लिनुपर्छ भन्ने मान्यतालाई नै यस राजनैतिक अर्थशास्त्रमा समावेश गरिएको छ ।
३. माक्र्सवादको तेस्रो संघटक अङ्ग भनेको वैज्ञानिक समाजवाद हो । माक्र्सवादभन्दा पूर्वका महान विचारकहरु सेन्ट साइमन, रोवोर्ट ओवेन, चाल्र्स पूmरिय आदि काल्पनिक समाजवादीहरुले यस्तो समाज व्यवस्थाको परिकल्पना गरेका थिए जहाँ मानिसले मानिसको शोषण गर्ने परिस्थिति नै उत्पन्न नहोस् । समाजमा देखिने शोषण, उत्पीडनको आधारमा व्यक्तिगत सम्पत्ति हो भन्ने निष्कर्ष सही भए पनि व्यक्तिगत सम्पत्तिको आधार सामाजिक विकासको मूलतत्वको रुपमा रहेको वर्गसङ्घर्ष हो र यसको अन्त्य पनि वर्गसङ्घर्षद्वारा नै हुन्छ भन्ने करालाई बुझ्न सकेका थिएनन्, काल्पनिक समाजवादीहरुले । तर यस विषयमा माक्र्स र एंगेल्सले समाज विकासको मूलतत्वको निरुपण गर्नुका साथै सामाजिक क्रान्तिका नियमहरुको समेत प्रतिपादन गरे । यसैका आधारमा समाज विकास कुनै महान् व्यक्तिको अनुकम्पा नभई यसको ऐतिहासिक आवश्यकता हो भन्ने वैज्ञानिक धारणाको विकास भयो र यसैबाट वैज्ञानिक समाजवादको रुपरेखा पनि प्रस्तुत भयो । यसरी द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादसम्बन्धी सिद्धान्तहरुको र समग्र योगफलका रुपमा माक्र्सवाद अगाडि आयो । यो विश्वसर्वहारा र श्रमजीवीवर्गको मुक्तिको राजनैतिक, सैद्धान्तिक तथा दार्शनिक हतियार बन्यो ।
कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले जर्मन दर्शनशास्त्र, बेलायती अर्थशास्त्र र फ्रान्सेली समाजशास्त्रीभित्र रहेका प्रगतिशील पक्षहरुलाई आत्मसात गरेर वैज्ञानिक समाजवादको विकास गरेका थिए । जर्मन दर्शनशास्त्रीद्वय हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादभित्र रहेको सारतत्व आत्मसात गरेर माक्र्स–एंगेल्सले द्वन्द्वात्मक भौतिकवादको विकास गरे । यी दुवैक्षेत्रमा माक्र्स र एंगेल्सको मौलिक योगदान होइन, काल्पनिक समाजवादीहरु र दार्शनिक तथा अर्थशास्त्रीहरुले अगाडि सार्दै आएका विचार प्रणालीहरु माथि वैज्ञानिकता थपेर मात्र माक्र्स–एंगेल्सले वैज्ञानिक समाजवादी सिद्धान्त र दर्शनको निरुपण गरिएको थियो । तर, इतिहासको भौतिकवादी धारणा र अतिरिक्त मूल्यद्वारा पूँजीवादी उत्पादनको रहस्योद्घाटन यी दुई महान् आविष्कारका साथ समाजवाद एउटा विज्ञान बन्यो । कार्ल माक्र्सले महान् समाजको विकासक्रमको ऐतिहासिक भौतिकवादका आधारमा व्याख्या र विश्लेषण गर्नुभयो । माक्र्सले मानव समाजको भौतिकवादका व्याख्या गर्दै आदिम साम्यवाद, दास युग, सामन्तवादी युग, पूँजीवाद युग र सामजवादी युग गरी पाँच चरणको छुट्टाछुट्टै व्याख्या गरे । माक्र्सले “आजसम्मको इतिहास वर्गसङ्घर्षको इतिहास हो” भन्ने वैज्ञानिक व्याख्या गर्नुभयो । वर्गसङ्घर्ष, अतिरिक्त मूल्यको सिद्धान्त र राज्यसम्बन्धी व्याख्या नै माक्र्सको महत्वपूर्ण योगदान रहेको छ ।
ऐतिहासिक भौतिकवादको क्षेत्र
माक्र्स र एंगेल्सभन्दा अघिका विचारकहरुले समाजको विकासलाई अध्यात्मवादी दृष्टिकोणले विश्लेषण गरे । माक्र्स–एंगेल्सले यो समाजको विकास नियमसम्मत र निश्चित प्रणालीमा आधारित छ भन्ने तथ्य र प्रमाण प्रस्तुत गरेर विद्यमान परिस्थितिलाई बदल्न सकिन्छ भन्ने मान्यताहरु अगाडि सारे । यसलाई ऐतिहासिक भौतिकवाद भनिन्छ ।
माक्र्स र एंगेल्सले द्वन्द्वात्मक भौतिकवादलाई मानव समाजको विकासका नियमहरुमा समावेश गरी त्यसलाई विस्तार गर्नु भएको हुनाले समाजको विज्ञानमा साँच्चै क्रान्तिकारी परिवर्तन आयो । माक्र्स एंगेल्सले सामाजिक वास्तविकतामा र भौतिक वस्तुहरुको उत्पादनको विकासमा खोजिनुपर्छ भन्दै इतिहासको भौतिकवादी दृष्टिकोण प्रस्तत गरे । सामाजिक विकासलाई नियन्त्रित गर्ने सामान्य नियमहरुको सिद्धान्तका रुपमा ऐतिहासिक भौतिकवादको स्थापना गरे । यो विज्ञानले मानिसहरु किन र कसरी इतिहासको निर्माता बन्दछन् भन्ने वैज्ञानिक व्याख्या प्रस्तुत गरेको छ ।
मानव जातिको इतिहासमा श्रमको भूमिका
मानव समाजको विकास कसरी हुन्छ भन्ने कुरा बुझ्न समाजको भौतिक आधारलाई बुझ्न आवश्यक हुन्छ । यो आधारविना मानव जातिको अस्तित्व असम्भव छ । बाँच्नको लागि मानिसले श्रम गर्नुपर्दछ । श्रमविना कुनै पनि प्राकृतिक सम्पदाको उपयोग गर्न सकिंदैन । श्रमका औजारहरु बनाउन श्रमको आवश्यकता पर्दछ । जीवन धान्ने आवश्यक साधनहरु श्रमद्वारा मात्र हासिल गर्न सकिन्छ । साधनहरुविना मानिसले आप्mनो भौतिक आवश्यकता पूरा गर्न र ऊ बाँच्न सक्दैन । मानव जातिको विकास सबै स्तरमा भौतिक उत्पादनको स्वरुप सामाजिक उत्पादनका रुपमा रहेको छ ।
मानव जातिको अस्तित्वको मूल पूर्वाधार श्रम हो । यो पृथ्वीमा मानिसको प्रादर्भाव भएदेखि नै उनीहरु उत्पादमा संलग्न हुँदै आइरहेका छन् । मानव जातिको अस्तित्व रहेसम्म यो पनि जारी रहने छ ।
मानव जातिको विकासमा सामाजिक आधार
मानव जातिको इतिहास सामाजिक, आर्थिक संरचनाहरुको विकास र त्यसको क्रमबद्धताको इतिहास हो । सामाजिक आधार अर्थात् उत्पादन पद्धति, आर्थिक प्रणाली विचारधारात्मक संरचना, राज्यसत्ता, राजनीतिक साँस्कृतिक संस्थाहरु भएको समाजको हरेक ऐतिहासिक प्रकारलाई सामाजिक आर्थिक आधार भनिन्छ । यस संरचनाको अवधारणा माक्र्सले सूत्रबद्ध गरेका हुन् । जसको ठूलो ऐतिहासिक महत्व छ । विकासका अन्य सबै कुराहरु जस्तै समाज पनि निरन्तर विकासको अवस्थामा रहेको हुन्छ । प्रकृतिका नियमहरु स्वतः स्पूmर्त शक्तिहरुको अन्तरक्रियामार्फत् प्रकट भएका हुन्छन् भने समाजको विकास नियन्त्रण गर्ने नियमहरु नै मानिसका क्रियाकलापहरुबाट प्रकट हुन्छन् । माक्र्स–एंगेल्सले मानव समाजको इतिहासका वस्तुगत नियमहरु, मानिसका क्रियाकलापमार्फत हुन्छ भन्ने सिद्धान्त अगाडि सारे । समग्ररुपमा भन्नुपर्दा मानव जातिले पहिलो पाइला चालेदेखि आजसम्म चार प्रकारका सामाजिक आर्थिक संरचनालाई पार गरेको छ । जस्तैः आदिम साम्यवादी युग, पूँजीवादी युग । र, हामी अहिले आर्थिक समाजवादी संरचनाको संक्रामणको युगमा बाँचिरहेका छौं ।
इतिहासको क्षेत्रमा क्रान्ति
ऐतिहासिक भौतिकवादको प्रतिपादन हुनुभन्दा पहिले इतिहासको क्षेत्रमा यान्त्रिक भौतिकवाद, आदर्शवाद र अधिभूतवाद व्याप्त थिए । प्रकृति दर्शनको क्षेत्रमा जस्तै इतिहास दर्शनको क्षेत्रमा पनि वास्तविक अन्तसम्बन्धलाई स्थापित गर्नुको सट्टा काल्पनिक र रहस्यमूलक अन्तःसम्बन्धलाई स्थापित गरिँदै आउने काम भएको थियो । ऐतिहासिक भौतिकवादको प्रतिपादनपछि यसले इतिहासको क्षेत्रमा ठूलो क्रान्ति नै ल्याई दियो ।
-केसी ः वरिष्ठ माक्र्सवादी दार्शनिक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन्।

