तिलिचो बेसक्याम्पमा फसेका ११ पर्यटकको उद्धार

२०८२ कार्तिक १६ गते, शनिबार

काठमाडौँ । सशस्त्र प्रहरी बल को माउण्टेन रेस्क्यु ट्रेनिङ्ग स्कूल (एमआरटीएस) बाट खटिएको माउन्टेन रेस्क्यू टिमले तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकहरूलाई सफलतापूर्वक उद्धार गरेको छ। उनीहरु उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका थिए। उद्धार गरिएका पर्यटकहरूमा एकजना खुट्टामा चोट लागेका व्यक्ति, एकजना ९ वर्षीय बालक, एकजना महिला बिरामी र अन्य सामान्य अवस्थाका व्यक्ति रहेका छन्। सबैको अक्सिजन लेभल कम रहेको शसस्त्र प्रहरी बलका सह प्रबक्ता एवं डिएसपी शैलेन्द्र थापाले बताए ।
उद्धार कार्य साँघुरो, भिरालो र दुई फिट बरफ जमेको कठिन बाटो हुँदै ९ घण्टाको यात्रापछि सम्पन्न भएको हो।पर्वतीय उद्दार तालिम शिक्षालयबाट एसपी टोपबहादुर डाँगीको कमान्डमा मेडिकल तथा माउन्टेन रेस्क्यू टिमले विशेष माउन्टेन रेस्क्यू गियर र उपकरणहरूको प्रयोग गरी यो जोखिमपूर्ण कार्य सम्पन्न गरेको छ। पर्यटकहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु