जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिए

२०८२ माघ १९ गते, सोमबार


काठमाडौँ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिएका छन्। बोर्डले दिएको जानकारी अनुसार गत वर्षको जनवरीको तुलनामा १५.७ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका हुन्। जनवरीमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय रहेका छन्। जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका थिए।
चीनबाट नौ हजार १०१, संयुक्त राज्य अमेरिकाबाट आठ हजार ४०६, बङ्गलादेशबाट पाँच हजार ८१४ तथा अस्ट्रेलियाबाट चार हजार ९५७ पर्यटक नेपाल भित्रिएका थिए। दक्षिण एसियाली मुलुक सार्कंबाट ३९.३ प्रतिशत पर्यटक नेपाल आएका थिए।
अन्य एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक नेपाल आएका थिए। मध्यपूर्वबाट एक प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका थिए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्नपूर्ण म्याराथन जेठ २० गते

२०८३ जेष्ठ ७ गते, बिहीबार

पर्यटक आगमनमा ७.३ प्रतिशतले गिरावट

२०८३ बैशाख २१ गते, सोमबार

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

२०८३ बैशाख २१ गते, सोमबार