पाथीभरामा माघमा १८ लाख ४७ हजार ५०० भेटी सङ्कलन
काठमाडौँ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा बढी भक्तजन पुगेका छन्। १८ लाख ४७ हजार ५०० भेटीघाटी सङ्कलन भएको छ।
यसअघि, पुस महिनामा पाँच हजार ९११ जनाले पाथीभराको दर्शन गरेका थिए। चिसो घट्दै गएकाले भक्तजनको सङ्ख्या क्रमशः बढ्दै गएको समितिले जनाएको छ। समितिले हरेक महिनाको अन्त्यमा भेटीघाटी र दर्शनार्थीको विवरण सार्वजनिक गर्ने गरेको छ। पाथीभरामा भारतसहितका विदेशी दर्शनार्थी आउने गर्छन्।
