बाघ गणना समाप्त

२०८२ फाल्गुन ८ गते, शुक्रबार


काठमाडौँ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि शुरू गरिएको बाघगणना सकिएको छ। चितवन निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार तेस्रो ब्लकको काम सकिएर क्यामेरा संकलनको काम सकिएको छ। उनले तीनवटै ब्लकमा १३ टोलीले काम गरेको जानकारी दिए।
पहिलो ब्लकलाई २८६, दोस्रो ब्लकलाई १३ र तेस्रो ब्लकलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिएको हो। निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंसेवी, विद्यार्थी र संरक्षणका साझेदार गणनामा सहभागी भएका थिए। गणकहरूले भूगोलअनुसार आठदेखि बाह्रसम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने गरेका थिए ।
बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइन्छ। यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ बयस्क बाघ रहेका तथ्यांक सार्वजनिक भएको थियो। यो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्नपूर्ण म्याराथन जेठ २० गते

२०८३ जेष्ठ ७ गते, बिहीबार

पर्यटक आगमनमा ७.३ प्रतिशतले गिरावट

२०८३ बैशाख २१ गते, सोमबार

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

२०८३ बैशाख २१ गते, सोमबार