‘सोलार विमान’ विश्व भ्रमण गर्दै

२०७१ फाल्गुन २५ गते, सोमबार

काठमाडौं । सौर्य उर्जाबाट चल्ने विमानले साेमबार विश्व भ्रमण सुरु गर्दैछ । सोलार इम्पल्स टु विमानले अबुधाबीबाट उडान सुरु गर्ने बिबिसीले जनाएको छ ।
५ महिना लामो भ्रमणका क्रममा विमानले ३५ हजार किलोमिटरको दुरी पार गर्ने छ । विमानले ओमान, भारत, म्यानमार, हवाइ, चीन, न्युयोर्कको आकाशमा उडान भर्दै फेरि आबुदबीमै आएर भ्रमण टुंगाउनेछ । विमानलाई २ जना स्वीस पाइलटले पालैपालो उडाउनेछन् । सोलार इम्पल्स कम्पनीका अनुसार एक सिट क्षमताको विमानको पंखामा सोलार प्यानल जडान गरिएको छ भने यसको तौल २३ सय किलोग्राम छ ।
यो भ्रमणका क्रममा विमानमा सौर्य उर्जाबाहेक अरु कुनै इन्धन प्रयोग नगरिने कम्पनीले जनाएको छ । वातावरण प्रदूषण गर्ने पुरानो प्रविधिलाई विस्थापित गर्दै नयाँ तथा स्वच्छ प्रविधि ल्याउने उदेश्यले यो विमान निर्माण गरिएको हो । यसले ठूला क्षमताका सौर्य विमान निर्माणमा सहयोग पुर्याउने अपेक्षा राखिएको छ । ‘

प्रतिक्रियाहरु

[anycomment]