प्रचण्डलाई किन प¥यो साह्रो गाह्रो ? – प्रज्वल श्रेष्ठ

२०७२ श्रावण १७ गते, आईतवार

युद्धकालीन समयमा प्रचण्ड आफैमा असाधारण परिचय थियो दुनियाँका लागि । को हुन त प्रचण्ड ? कस्ता छन् प्रचण्ड ? अझ कसै कसैले त भन्थे प्रचण्ड भनेकै राजा ज्ञानेन्द्र नै हो । यो जनसमुहमा भ्रामक रुपमा भए पनि बुझाई थियो । यतिसम्म कि पार्टी कार्यकर्ताहरु प्रचण्डलाई देख्न पाए कस्तो हुन्थ्यो भनेर गर्व गर्दथे । मेरो अनुमानमा समकालीन नेपाली नेताहरुमा सर्वाधीक राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा र टिप्पणी गरिएका नेता हुन प्रचण्ड ।
तर दिनहरु वित्दै जादा खासगरी ६४ साल पछि क्रमशः प्रचण्डमाथि नेता कार्यकर्ताहरुको अविस्वास बढ्न थाल्यो । उनका अति विशिष्ट सहनेताहरु (मोहन बैद्य र बाबुराम) ले फरक मत ल्याउन थाले प्रकारान्तरले पार्टी समेत विभाजन भयो । बैद्य विदा हँुदा बाबुरामको साथ छ भन्ने महसुस गरेका प्रचण्ड अहिले बाबुराम पनि अलग पार्टीको तयारीमा लागे पछि एक हिसावले तनावमा देखिन्छन् ।
यदी बाबुराम गए भने वैद्यहरु भित्रन सक्छन् भन्ने प्रचण्डलाई लागेको हुन सक्छ । तैपनि गाह्रो के छ भने अन्तरसंघर्षहरुमा बैद्य र बाबुराम विरुद्ध घमासान लडेका उनका सहयोगी नेताहरु नै राजीनामाको पोको बोक्दै पेरिसडाडामा आउन थालेपछि उनलाई पक्कै केही गाह्रो साह्रो परेको छ । आखिर किन यस्तो भएको हुन सक्छ भनेर केही टिप्पणी लेखिएको छ ।
बैद्य – बाबुराम बनाउने प्रचण्डको गल्ती
प्रचण्डले बस्तुतः तीन वटा गल्ती गरेका छन् । पहिलो उनले गोरखाको चौथो विस्तारीत बैठकमा निकै दुखः र मेहेनतका साथ जनयुद्धको प्रकृयामा अगाडी जान निर्णय गराउन सफल भएका थिए । त्यो बेलामा आनाकानी गर्ने नेताहरु मध्य मोहन वैद्य, वादलहरुलाई उनले जहिले पनि विचार र संगठनको जग ठानेर उनका कुराहरु सुन्दै लागु गर्दै गए ।
अर्कोतिर कहिले युद्ध र कहिले पिएचडीका कुरा गर्ने बाबुरामलाई लखेपढेको बाहिर देखाउनु पर्छ, थमथम्याउनु पर्छ भन्दै बाबुरामको बिचारलाई पनि केही कार्यान्वयन गर्दै गए ।
पार्टीमा शुरुबाटै दर्शनमा मोहन वैद्य, राजनीतिक अर्थशास्त्रमा बाबुराम, संगठनमा बादल भन्दै प्रचण्ड आपैmले उनीहरुलाई काखा पाखा गर्ने र ठोस रुपले आफ्नो विचार र कार्यक्रमहरु अगाडी बढाउन नसक्नुको परिणाम आजको स्थिति हो भन्ने लाग्छ । आज उनले जसलाई टिकाउन उनीहरुका कुरा सुनेर अघि बढे आज तीनैले प्रचण्डलाई सडकतिर पछार्न धकेल्दै गरेको भान हुन्छ । यद्यपि अलमलमा परेका वैद्य फेरी प्रचण्डसँग फिर्ता हुने मुडमा भए पनि घुर्की धम्की चर्कै देखिन्छ । बस्तुतः मेरो दृष्टिमा बैद्य या बाबुरामलाई कुनै विशिष्ट विचार र योगदानको परिचय सहित कहिले केन्द्रीत र कहिले विकेन्द्रीत गरेको भय शायद आज उनीहरु एउटा सहनेता या कार्यकर्ताको रुपमा हुन्थे । वैद्यको दर्शनशास्त्र अध्ययन र बाबुरामको राजनीतिक अर्थशास्त्रको अध्ययन मात्रै जनयुद्धको हकमा निर्णायक थियो या सहयोगी यो छुट्याउन सकेनन । तीनलाई चाहिने भन्दा बढी महत्व र उत्तार चढावमा पार्नु गल्ती थियो भन्ने देखिन्छ । किनकि जनयुद्धको खास विजारोपण प्रचण्डका कारण भएको हो । यसमा सहयोगी भूमिका मात्रै बैद्य बाबुरामको थियो । मिल्दा अगालो मारेर रुने, नमिल्दा सिध्याउनु पर्छ कि क्या हो भनेर सोच्नु पनि गलत थियो । यसलाई कार्यकर्ताको तहसम्म स्पष्ट पार्न नसक्नु ल प्रचण्डलाई साह्रो पा¥या हो । तर बैद्य बाबुरामको भूमिका अवमुलयन गर्न खोजेको भने हैन है ।
बोलीको ठेगान नहुनु
प्रचण्डका भाषणहरु स्वभाविक तीव्र गर्जन सहितका हुन्थे जो आज भोली त्यति सुनिदैन । उनले पटक– पटक पार्टी भित्रै र बाहिर उनका अभिव्यक्तिहरुमा तीव्र उत्तार चढाप र परिवर्तन हुनु आम जनतामा समेत उनीमाथि केही अविस्वास भयो । यसका लागि स्वभाविक धेरै अन्य पक्षहरुले उनका विरुद्ध प्रचार गरे पनि होलान तर वस्तुतः उनको आन्तरीक कमजोरीका कारण नै आजको स्थिति सृजना भएको हो । उनले जनतामा भाषण गर्दा होस्, आफूसँग भेट्न आउने कार्यकर्ता, जनसेना, जो सुकैलाई पनि मुखैल मात्रै भए पनि यो हुन्छ र यो हँुदैन भनेर क्लियर कुरा गर्नु भन्दा पनि म गरीहल्छु ढुक्क हुनुस् भन्नेर पछि त्यही कुरा पुरा गर्न नसक्ने उनको मनोवृतिल विस्तारै उनीमाथि अविस्वास बढाएर आजको स्थिति आएको हो ।
राजनीतिक दवाव समुह देखि राजनीतिक सहमति असहमतिका विषयमा पनि उनका अभिव्यक्तिहरु पत्यारीला हुन छाडे पछि आज जति उनको चर्चा र विस्वास थियो त्यो गुमेको छ ।
भाग खोज्ने सहयोगी धेरै
बैद्यसँगको अन्तरविरोधमा होस् या बाबुरामसँगको संघर्षमा लेख लेख्ने, भाषण गर्ने, प्रचण्डको विकल्प छैन भन्ने केही दोस्रो पुस्ताका नेताहरुले राजीनामा दिएको भन्ने चर्चा एकाएक आयो । यसमा प्रचण्डको गल्ती के देखिन्छ भने उनले ती लड्ने सहयोगी नेता कार्यकर्ताहरुलाई अलि बढी आस्वासन दिएको देखिन्छ ।
जस्तो लखराज भट्ट, हेमन्त प्रकाश वली, लोकेन्द्र विष्ट, गोपाल किराती जस्ता नेता कार्यकर्ताको राजीनामाको रहस्य के हो ? एकथरी कार्यकर्ताहरुको चर्चा के देखिन्छ भने प्रचण्ड भर्खरै भारत गएको र अब छिट्टै प्रचण्ड प्रधानमन्त्री हुन सक्ने र त्यसो भएमा फेरी मन्त्री मण्डलदेखि विभिन्न पदमा भाग खोज्न दवाव सिर्जना गर्न मात्रै उनीहरुले राजीनामा दिएको भन्ने चर्चा पनि छ । केहीको हकमा त्यो सत्य पनि हुन सक्छ । किन कि बाहिर घुर्की लगाउने र भित्र पद खोज्ने समस्या प्रचण्डका लागि देखा परेको पनि हुन सक्छ । बास्तवमा बाबुरामहरुले बबण्डर गरीरहेका बेला आफ्ना सहयोगी नेताहरुको यो राजीनामा उनका लागि स्वभाविक नहुन सक्छ । यसले पनि उनलाई केही अप्ठेरो पारेको होला । ती नेताहरु प्रचण्डले बेला मौकामा दुतावासदेखि निवाससम्म विदेशीहरुसँग गरेका गोप्य भेटघाट र गतिविधिका कुराहरु समेत सोचेर प्रचण्डलाई अड्को थाप्ने गरेको भन्ने सुनिन्छ बेला बेला । प्रचण्डले धेरै आस्वासन दिएर लड्ने र लडे पछि प्राप्त नहुने भएपछि तीनै फेरी प्रचण्ड विरुद्ध लाग्ने यो संस्कार शान्तिप्रकृया पछि बढी चल्यो ।
सुविधाभोग र विचलनले ल्याएको अविस्वास
उमेरले ६० तलमाथि भए पनि प्रचण्डको जिउ डाल रुप आकर्षक छ बोलीमा कुनै अस्पष्टता छैन । सोच्या कुरा धारा प्रवाह बोल्न सक्छन् । भनिन्छ शारीरीक सुन्दरता भएका मानिसहरु अलि बढी सुविधा भोगी हुन्छन् कतै प्रचण्ड पनि त्यसैको शिकार भएका त हैनन । जस्तो मोहन वैद्यको कुरा गरौं उनी विचार र संगठनमा जे जस्तो अवस्थामा भए पनि लुवाई खुवाई अति साधारण लाग्छ र उनको सकारात्मक पक्ष पनि हो यो आदर्शपूर्ण जीवनशैली ।
तर प्रचण्ड साधारणतयाः कोटसुट, महंगो घडी, जेल सबै मेकअपमा देखिन्छन् । यो भनेको मानिसको निजी कुरा पनि हो तर यसले विचारमा निकै विचलन ल्याउँछ । उनी तीव्र आलोचनाका बीच लाजिम्पाटको विशाल बंगालो छोड्न तयार नहुनु, मंहगो गाडी र सुविधाहरुको प्रयोग जारी राख्नु । विवादास्पद व्यापारीक पृष्टभूमि भएकाहरुसँग उठबस अस्वभाविक हुनु आदि कारणले पनि उनलाई कार्यकर्ताले विस्वास गर्न छाडे । किन भने तल्लोतहका कार्यकर्ताहरु ५ सय रुपैयाँको जुत्ता किन्न रत्नपार्कको बाटोमा हिड्नु पर्ने अवस्था छ धेरैको । गाउँ र जिल्ला तिर त अझ समस्या छदैछ कार्यकर्ताहरुको । उनको जीवन शैली कम्युनिष्ट आदर्शमा आधारीत नभई व्यापारीक घराना जस्तो ( पूँजीपति वर्ग)को शैलीमा देखिनुले पनि उनलाई यहाँ ल्याएको हो कि भन्ने लाग्छ ।
विप्लवहरुलाई बिराउदा
अहिले माओवादीहरु मध्ये सबै भन्दा गतिशिल देखिएको पार्टी विप्लव नेतृत्वको पार्टी हो भन्ने देखिन्छ । विप्लव आफँै युवा हुन् । राम्रो खान लाउने सोख नभएका उनको जीवनशैली आदर्शपूर्ण देखिन्छ भने काम कार्बाहीमा कार्यकर्ताहरुसँग समान रुपले खटिरहेको देखिन्छ । एकातिर एकीकृत जनक्रान्तिको कुरा र व्यवहारीक रुपमा आन्दोलनका विभिन्न रुपमा सक्रिय रहेको यो पार्टी धेरै माओवादी भित्र चासो र खोजीको विषय बनिरहेको छ । यसमा जोड्न खोजेको कुरा भनेको चाही के हो भने नेत्र विक्रम चन्द विप्लव कुनै वेलामा प्रचण्डसँगै रहेर काम गरेका नेता हुन् । प्रकारान्तरले शान्तिप्रकृया आसपासमा उनलाई प्रचण्डले महत्वपूर्ण जिम्मेवारी वा स्थान दिन सकेनन या विप्लवका सुझावहरुको कार्यान्वयनमा प्रचण्डले तत्परता देखाएनन । फलस्वरुप चुनावमा पार्टी प्रवेश गर्नु अघि बालाजु विस्तारीत बैठकमा विप्लवले पार्टीको कार्यदिशा रक्षा र नेतृत्वको शैली र प्रवृतिबारे निकै कडा प्रस्तुति दिएर कार्यकर्ताहरुमा अलग प्रकारको सन्देश दिएका थिए ।
फलस्वरुप त्यसपछि खरीपाटी, पालुङटार हुँदै बौद्ध भेलासम्म आउँदा पार्टी विभाजन बैद्यको नेतृत्वमा भए पनि त्यसको ठूलो बैचारीक तथा सांगठनिक जग विप्लवल आधार बनाएका थिए । त्यसको प्रमाण चनोटा भेला हुँदै अलग पार्टी निमार्ण पछि बैद्य भित्रका सबै प्रायजसो जुझारु र युवा पङिक्त विप्लव माओवादीतिर आकर्षित हुनुले पनि त्यो संकेत गर्दछ ।
यसमा प्रचण्डले युद्धकालमा विप्लवहरुले जुन तहमा योगदान र सहयोग गरेका थिए त्यही तवरमा जिम्मेवारी दिएर पार्टीलाई सही दिशामा अगाडी बढाएको भए पनि शायद प्रचण्डका लागि आजको दिन देख्नु पर्ने थिएन । बैद्य बाबुरामहरु भन्दा विप्लव, वर्षमान जस्ता शक्तिशाली युवा नेताहरु स्थापित गर्न सकेको भए शायद आज प्रचण्डको धरातल मजबुत हुन्थ्यो । तर अब समयले कोल्टो फेरिसकेको छ । विप्लव प्रचण्ड एक ठाउँमा हुन कार्यदिशा र क्रान्तिका मुल्यहरुको सन्दर्भमा कुरा मिल मात्र हुने देखिन्छ । तसर्थ प्रचण्डले प्रतिभाशाली युवा नेताहरुलाई स्थापित गरेर नेतृत्व दिने वातावरण बनाएको भए निकै भलो हुने थियो ।
अहिले बाबुरामहरुले नेतृत्वका लागि जुन बार्गेनिङ र लविङ गरेर दवाव दिइरहेका छन् त्यो नेतृत्व प्रचण्डबाट बाबुरामको काँधमा गए पनि माओवादीको गतिमा खासै परिवर्तन आउला जस्तो लाग्दैन ।
प्रचण्डको विकल्प
निश्चय पनि पार्टीमा समाजमा, देशमा नेतृत्व अति संवेदनशील कुरा हो । त्यसैले त उसका दिनचर्या देखि पारीवारीक कुरा सम्मले पनि खास अर्थ दिने भएकाले टिप्पणी र आलोचना हुन्छ । यो स्वभाविक पनि छ ।
प्रचण्डले धेरै नेता कार्यकर्ता परिचालन गर्दा त्यसमा आस्वासन दिने काम बढी गरे । यस्तो कुराले दोस्रो तहका नेताहरुमा निकै समस्या पैदा भयो । प्रचण्डलाई चिनेको या सम्बन्ध भएकाहरु माथि जाने तर उनैलाई आदर्श मान्ने तर लविङ नगर्ने मानिसहरु पछि परे र निराश हुँदै गए । भनिन्छ प्रचण्डले धेरैलाई प्रयोग गरे । फलत अहिले उनै पनि धेरैका लागि प्रयोग भईदिनु पर्ने अवस्था आयो । त्यस्तो खास शक्तिशाली युवा नेताहरुले प्रचण्डलाई काध थाप्ने जस्तो देखिदैन । भएका नेताहरु पनि त्यो गतिमा गएको जस्तो लाग्दैन । यसर्थ प्रचण्डल सम्मानजनक तरीकाले नेतृत्व त्याग्ने या अहिलेको चरणभन्दा बेग्लै तरीकाले पार्टीलाई क्रान्तिकारी ढंगल अगाडी बढाउनु बाहेक विकल्प छैन । अल्पमत या बहुमतको हिशाब गरेर नेतृत्वमा टिक्नु या टिकाउन प्रयत्न गर्नु उचित छैन शायद । तर त्यस्तो नेतृत्व सिधैँ बाबुरामलाई घोषणा गर्ने भन्दा निर्वाचनको तरीकाबाट प्रभावशाली व्यक्तिलाई चयन गर्नु बढी लाभदायक हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु