राष्ट्रपति ओबामा बेलायतमा

२०७३ बैशाख १० गते, शुक्रबार

काठमाडौ, १० बैशाख । अमेरिकी राष्ट्रपति बाराक ओबामा तीनदिने भ्रमणका लागि बेलायत पुगेका छन । भ्रमणका क्रममा राष्ट्रपति ओबामाले आगामी युरोपेली संघको जनमत संग्रहबारे आफ्नो विचार राख्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा राष्ट्रपति ओबामा र बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले संयुक्त पत्रकार सम्मेलन गर्ने बीबीसीले जनाएको छ ।
राष्ट्रपति ओबामाले इरान, सिरिया, यमनका समस्या समाधान र आतंकवादी संगठन आइएसविरुद्धको अभियानलाई सफल पार्नेलगायतका विषयमा पनि छलफल गर्ने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]