पाँच पैसाको बिबाद ४१ वर्षसम्म अदालतमा

काठमाडौ, ३० साउन । भारतको दिल्लीस्थित हाइकोर्टमा पाँच पैसाको एउटा मुद्दाको छिनोफानो चार दशकसम्म पनि हुन सकेको छैन । पाँच पैसाको विवादमा परेको उक्त मुद्दा ४१ बर्षदेखि अदालतमा विचाराधीन छ र अझै फैसला हुन सकेको छैन । घटना अनुसार ४१ बर्ष पहिले एक गाडीका कन्डक्टरले भुलबस एक महिला यात्रुलाई १५ पैसाको साटो १० पैसाको टिकट दिएछन् । जब टिकट चेक गर्ने मानिसले परीक्षण गर्दा ती कन्डक्टरले पाँच पैसा कम रकमको टिकट दिएर लापरबाही गरेको फेला प-यो तब उनी ठाउँका ठाउँ बर्खास्त भए । ५ पैसाको निहुँमा आपूmलाई जागिरबाट हटाइएकोमा क्रुद्ध हुँदै ती कन्डक्टरले जागिरमा पुनर्बहाली गर्न माग गर्दै अदालतमा मुद्दा हाले । श्रम अदालत र हाइ कोर्ट दुबैले यसअघि ती श्रमिककै पक्षमा फैसला गरेका थिए तर दिल्ली परिवहन निगमले उच्च अदालतमा पुनर्विचारको लागि याचिका दायर गरेपछि मुद्दा टुंगिन सकेन र अहिलेसम्म पनि चलिरहेको छ । यदि अहिले आएर मुद्दाको अन्तिम फैसला भएर ती कन्डक्टरले जागिरमा पुनर्बहालीको फैसला पाए पनि उनलाई त्यसले कुनै असर पार्नेछैन किनकि ती श्रमिकले अनिवार्य अवकाशको उमेरहद पार गरिसकेका छन् । अदालतले आफ्नो पक्षमा फैसला गरिदिएर कम्तीमा पेन्सन पाउने आशा उनमा छ । निगमले भने ती श्रमिकलाई पेन्सन
लगायतका कुनै सुविधा आपूmले नदिने बताएको छ । ती श्रमिकले जागिर सुरु गर्दा पेन्सनको प्रवाधान नै नरहेको हुँदा उनलाई पेन्सन दिने कुरै नहुने निगमको भनाई छ । हेरौँ अदालतले के फैसला गर्ला र ती बुढा श्रमिकले न्याय पाउलान् वा नपालान् ?