राहदानी सेवा आज र भोलि बन्द !
काठमाडौँ । राहदानी विभागले राहदानी सेवा आज र भोलि बन्द हुने जनाएको छ । विभागले सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको हाे । विभागले हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले बिहीबार र शुक्रबार राहदानी सम्बन्धी सेवा बन्द हुने जानकारी दिएकाे छ।
यसअघि विभागले यहि असार १९ गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण दुई दिन सेवा अवरुद्ध हुने जानकारी गराएको थियो । राहदानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ ।
विभागले मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी संकलन गर्नसक्ने जनाएको हाे ।
